भारतमा २४ घण्टामा झन्डै २ लाखमा संक्रमण

नेपालभ्युज

भारतमा २४ घण्टामा झन्डै २ लाखमा संक्रमण

एजेन्सी।  भारतमा पछिल्लो २४ घण्टामा झन्डै दुई लाखजनामा कोरोना भाइरस संक्रमण देखिएको छ। गत २४ घण्टामा १७ लाख ६१ हजार जनामा परीक्षण गर्दा एक लाख ९४ हजार ७ सय २० जनामा संक्रमण देखिएको भारतको केन्द्रीय स्वास्थ मन्त्रालयले जनाएको छ।

यस अवधिमा ६० हजार मानिस कोरोनबाट निको भएका छन्। त्यस्तै, ४ सय ४२ जनाको मृत्यु भएको छ।

भारतमा अहिलेसम्म कुल तीन करोड ४६ लाख ३० हजार ५ सय ३६ जना कोरोनामुक्त भइसकेको मन्त्रालयले जनाएको छ। भारतमा सक्रिय संक्रमितहरूको संख्या बढेर ९ लाख ५५ हजार ३ सय १९ पुगेको छ। दैनिक संक्रमण दर ११ दशमलव ५ प्रतिशत पुगेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved