सार्वजनिक निकायमा सेवा लिन खोप कार्ड चाहिने, मोबाइलमा देखाए हुने

सार्वजनिक निकायमा सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गरिएपछि खोप लगाउनेको भीड बढेको छ।

नेपालभ्युज

सार्वजनिक निकायमा सेवा लिन खोप कार्ड चाहिने, मोबाइलमा देखाए हुने

काठमाडौं। सार्वजनिक निकायमा सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गरिएपछि खोप लगाउनेको भीड बढेको छ। कोरोना संक्रमितहरूको सङ्ख्या बढ्दै गएकोलाई ध्यानमा राखेर काठमाडौं उपत्यकाका तीनै वटा प्रशासन कार्यालयले यस्तो निर्देशन जारी गरेपछि काठमाडौँको टेकुलगायत विभिन्न केन्द्रमा कोरोविरुको खोप लगाउनेहरू बढेका हुन्।

तर, खोप कार्ड बोक्न भने अनिवार्य गरिएको छैन। काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालका अनुसार मोबाइलमा खोप कार्डको फोटो मात्रै देखाए पनि पुग्छ।
सम्भावित कोरोना भाइरसको तेस्रो लहरलाई मध्यनजर गर्दै यही पुस २६ गतेबाट गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयमार्फत सङ्क्रमणको रोकथाम र नियन्त्रणका लागि ८ बुँदे आदेश जारी गरेको छ। सोही आदेशअनुसार प्रशासनले सार्वजनिक निकायमा सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गरेको हो।

आदेशअनुसार घर बाहिर वा सार्वजनिक स्थलमा निस्किँदा सबैले अनिवार्य मास्कको प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, साबुन पानीले हात धुनलगायतका स्वास्थ्य मापदण्ड पालना गर्न भनिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved