शिक्षा मन्त्रालयले विद्यालय बन्दको निर्णय आज गर्ने

नेपालभ्युज

शिक्षा मन्त्रालयले विद्यालय बन्दको निर्णय आज गर्ने

काठमाडौं। विद्यालय बन्द गर्ने कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसबारे आज (सोमबार) छलफल हुँदैछ। कोरोना संक्रमण बढ्दै गएपछि सीसीएमसीसीले माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको थियो।

यसबारे आज औपचारिक निर्णय आज हुने शिक्षा मन्त्रालयले जनाएको छ।
केही विद्यालयमा हिउँदे बिदा शुुरु भइसकेको छ । केही विद्यालय तथा कलेजमा परीक्षा चलिरहेको छ।

परीक्षा भइरहेका विद्यालयलाई स्वास्थ्य मापदण्ड अपनाउन भनिएको छ। सीसीएमसीसीको बैठकले बढी भीडभाड हुने सिनेमा घर, पार्क, सार्वजनिक ठाउँमा जाँदा अनिवार्य रूपमा खोप लगाएको प्रमाणपत्र देखाउनुपर्ने व्यवस्था लागू गर्न गृह मन्त्रालयलाई पनि सिफारिस गरेको छ। समितिले २५ जनाभन्दा बढी सहभागी हुने गरी कुनै पनि कार्यक्रमको आयोजना नगर्न भनेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved