राजधानी बनाउनुपर्ने माग गर्दै वीरगन्जमा प्रदर्शन

नेपालभ्युज

राजधानी बनाउनुपर्ने माग गर्दै वीरगन्जमा प्रदर्शन

जनकपुरधाम। प्रदेश २ को राजधानी वीरगन्ज बनाउनुपर्ने माग गर्दै प्रदर्शन भएको छ। प्रदेश २ को नाम र राजधानीका विषयमा सुझाव दिन प्रदेश २ का सभामुख सरोजकुमार यादवको नेतृत्वमा बनेको समितिले यतिबेला प्रदेश सभासदहरूसँग छलफल गरिरहेको छ।
छलफल चलिरहेकै बेला वीरगन्जमा राजधानी राख्नुपर्ने मागसहित लोकतान्त्रिक समाजवादी पार्टीका नेता कार्यकर्ताहरूले आन्दोलन गरेका हुन्।

विरगंजको आदर्शनगरबाट सुरु खबरदारी जुलुस नगरपरिक्रमा गर्दै घण्टाघर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो। जुलुसका सहभागीहरुले ‘मुख्यमन्त्री चाहिँदैन वीरगन्ज बेच्न पाइदैन’ नारा लगाएका थिए। वीरगन्ज शहर प्रदेश २ का मुख्यमन्त्री लालाबु राउतको गृहनगर हो।

विगतका मधेश आन्दोलनमा मधेशवादी दलका नेताहरुले वीरगन्ज राजधानी हुने बताउँदै आएपनि अहिले वीरगन्जलाई उपेक्षा गरेको आरोप प्रदर्शनकारीले लगाए। प्रदेशको अस्थायी राजधानी जनकपुरलाई नै स्थायी राजधानी बनाउनेमा अधिकांश दलहरू सहमत देखिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved