कर्णालीका सात जिल्लामा एमाले अधिवेशन, मौसमका कारण तीन जिल्लामा हुन सकेन

नेपालभ्युज

कर्णालीका सात जिल्लामा एमाले अधिवेशन, मौसमका कारण तीन जिल्लामा हुन सकेन
नेकपा (एमाले) जिल्ला कमिटी जुम्लाको ८औं जिल्ला अधिवेशन। तस्वीर : धीरज जैसी/फेसबुक

सुर्खेत। कर्णाली प्रदेशका १० मध्ये सात जिल्लामा नेकपा (एमाले) को जिल्ला अधिवेशन शुरु भएको छ। मुगु, हुम्ला र कालिकोटबाहेक सात जिल्लामा एमालेको अधिवेशन पूर्वनिर्धारित समयमै प्रारम्भ भएको हो।

एमाले प्रदेश कमिटीका अध्यक्ष विनोदकुमार शाहका अनुसार आज सुर्खेत, दैलेख, जाजरकोट, रुकुम पश्चिम, सल्यान, जुम्ला र डोल्पामा जिल्ला अधिवेशन भइरहेको छ। उनले अधिवेशनको पहिलो दिन उद्घाटनसँगै बन्दसत्र हुने र शनिबार नेतृत्व चयनको प्रक्रिया थालिने बताए।

कालिकोटको अधिवेशन शनिबार, मुगुको अधिवेशन २७ पुसमा तथा हुम्लाको अधिवेशन आगामी २३ माघमा हुने भएको छ। तयारी अपुग, मौसम बदलीलगायत कारण ती जिल्लामा निर्धारित समयमा अधिवेशन हुन नसकेको हो।

यसैबीच सुर्खेतक वीरेन्द्रनगरमा एमालेको जिल्ला अधिवेशनको उद्घाटन गर्दै स्थायी कमिटी सदस्य यामलाल कँडेलले आगामी निर्वाचनमा पार्टीलाई बहुमत दिलाउन संगठनलाई एकताबद्ध बनाउनुको विकल्प नरहेको बताए।

अधिवेशनमा एमाले सुर्खेत जिल्ला इञ्चार्ज नवराज रावत, प्रदेश कमिटी सचिव कमल शाही, केन्द्रीय सल्लाहकार परिषद् सदस्यद्वय बालाराम शर्मा र बालकृष्ण बिसीलगायतले शुभकामना दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved