ओमिक्रोन संक्रमण बढेपछि सीसीएमसीको बैठक

नेपालभ्युज

ओमिक्रोन संक्रमण बढेपछि सीसीएमसीको बैठक

काठमाडौं। कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठक प्रधानमन्त्री कार्यालयमा बसेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा केही बेरअघि बैठक बसेको प्रधानमन्त्रीका सहयोगी गोविन्द परियारले जानकारी दिएका हुन्।

नेपालमा ठूलो संख्यामा ओमिक्रोन संक्रमण देखिएपछि समितिको बैठक बसेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै थप २४ जनामा ओमिक्रोन पुष्टि भएको बताएको थियो। संक्रमित बढ्न थालेपछि सरकारले गर्ने तयारीबारे बैठक केन्द्रित हुने जनाइएको छ।

यसैबीच शुक्रबार एकैसाथ नेपालमा एकैसाथ ठूलो संख्यामा ओमिक्रोन संक्रमण देखिएपछि मन्त्रालयले तयारी अवस्थामा रहन अस्पतालहरूलाई निर्देशन दिएको छ।

*यसअघिको शीर्षक सच्याइएको


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved