सुदूरपश्चिममा एकै दिन १२० जनामा कोरोना पुष्टि

नेपालभ्युज

सुदूरपश्चिममा एकै दिन १२० जनामा कोरोना पुष्टि
धनगढी बजार क्षेत्र

धनगढी। सुदूरपश्चिम प्रदेशमा आज एकै दिन १२० जनामा कोरोना पुष्टि भएको छ। प्रदेशका विभिन्न स्थानमा एक हजार ३६८ नमुना परीक्षण गरिएकोमा १२० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ।

निर्देशनालयका अनुसार एक हजार ३२७ जनामा एन्टीजेन परीक्षण गर्दा १०८ जना र ४१ जनामा पीसीआर परीक्षण गर्दा १२ जनामा संक्रमण देखिएको हो। योसँगै हालसम्म सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ४८ हजार ५१९ पुगेको छ।

यस्तै पछिल्लो केही दिनदेखि सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या पुनः बढ्न थालेको छ। छिमेकी मूलुक भारतबाट घर फर्किरहेका यहाँका मानिसमा सङ्क्रमण देखिन थालेको बताइएको छ।

भारतमा सङ्क्रमण बढ्न थालेसँगै नेपाल फर्कनेको सङ्ख्या पनि बढेपछि सुदूरपश्चिममा पनि सङ्क्रमण दर बढेको निर्देशनालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved