ललितानिवास प्रकरणः विजय गच्छदार, दीप बस्न्यातका नाममा फेरि पक्राउ पूर्जी

तत्कालीन भौतिक योजना तथा निर्माणमन्त्री एवं कांग्रेस नेता गच्छदार पक्राउको आदेशपछि फरार रहेका थिए। उनी कांग्रेस सभापति शेरबहादुर देउवा गत २९ असारमा पुनः प्रधानमन्त्री भएपछि त्यसलगत्तै अदालतमा उपस्थित भएर धरौटीमा रिहा भएका थिए।

नेपालभ्युज

ललितानिवास प्रकरणः विजय गच्छदार, दीप बस्न्यातका नाममा फेरि पक्राउ पूर्जी

काठमाडौं। बहुचर्चित ललितानिवास जग्गा प्रकरणमा धरौटीमा रिहा भएका पूर्वउपप्रधानमन्त्री विजय गच्छदार तथा पक्राउ परेर धरौटीमा रिहा भएका पूर्वसचिव दीपकुमार बस्न्यातविरुद्ध फेरि पक्राउ पूर्जी जारी भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुखसमेत रहेका बस्न्यात ललितानिवास प्रकरणमा पक्राउ परेर थुनामा रहेको अवस्थामा बन्दीप्रत्येक्षीकरणको रिटमार्फत कोरोना पोजेटिभ रिपोर्ट देखाएर २७ वैशाख २०७८ मा रिहा भएका थिए।

यस्तै, तत्कालीन भौतिक योजना तथा निर्माणमन्त्री एवं कांग्रेस नेता गच्छदार पक्राउको आदेशपछि फरार रहेका थिए। उनी कांग्रेस सभापति शेरबहादुर देउवा गत २९ असारमा पुनः प्रधानमन्त्री भएपछि त्यसलगत्तै अदालतमा उपस्थित भएर धरौटीमा रिहा भएका थिए।

अहिले फेरि सोही मुद्दामा जिल्ला अदालत काठमाडौंले उच्च पदमा रहिसकेका व्यक्तिसँगै ३०० जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो। ललितानिवास प्रकरणमा अहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) अनुसन्धान सकेर मुद्दा चलाउने अन्तिम तयारीमा छ।

उक्त प्रकरणमा अनुसन्धान सकेर सीआईबीले उच्च पदस्थ राजनीतिज्ञ, कर्मचारी, व्यापारी र भूमाफियासमेत ३०० जना पक्राउ गर्न काठमाडौं अदालतसँग पक्राउ पूर्जी मागेको थियो।

उच्च पदस्थ राजनीतिज्ञ, कर्मचारी, व्यापारी र भूमाफियासमेतको मिलेमतोमा ललितानिवासको १३६ रोपनी जग्गा व्यक्तिको नाममा सारेको निष्कर्षसहित सीआईबीले मुद्दा चलाउने अन्तिम तयारी गरेको हो।

त्यसअघि, शारदाप्रसाद त्रितालको नेतृत्वको बनेको छानबिन समितिले ललितानिवासको २९९ रोपनी जग्गा सरकारले जफत गरेको विषयमा अध्ययन गरेको थियो। अध्ययनबाट जम्मा १४ रोपनी ११ आना मात्रै सरकारले जफत गरेको देखिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved