घरेलु मैदानमै म्यानचेस्टर युनाइटेड पराजित

नेपालभ्युज

घरेलु मैदानमै म्यानचेस्टर युनाइटेड पराजित

काठमाडौं। इङ्लिस प्रिमियर लिग फुटबलमा गएरातिको खेलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ। घरेलु मैदान घरेलु मैदान ओल्डट्राफोर्डमा भएको खेलमा युनाइटेड उल्भ्ससँग १–० ले पराजित भएको हो।

खेलको ८२औँ मिनेटमा उल्भ्सका जोआओ मौटिन्होले गरेको गोल नै निर्णायक बन्यो। उल्भ्सले सन् १९८० पछि पहिलो पटक ओल्डट्राफोर्डमा जित निकालेको हो।

हारसँगै १९ खेलबाट ३१ अंक जोडेको युनाइटेड तालिकाको सातौँ स्थानमा छ। उल्भ्स २८ अंकसहित तालिकाको आठौं स्थानमा उक्लिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved