एमाले मात्र सच्चा कम्युनिष्ट हो – उपमहासचिव गुरुङ

नेपालभ्युज

एमाले मात्र सच्चा कम्युनिष्ट हो – उपमहासचिव गुरुङ

झापा। नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले एमाले मात्र सच्चा कम्युनिष्ट भएको बताएका छन्।

प्रेस चौतारी नेपाल झापाको नवौं जिल्ला अधिवेशनको आज उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले विश्व राजनीति ध्रुवीय शक्तिका रूपमा स्थापित हुँदै गएको र नेपालमा समेत त्यस्तै राजनीति अवस्था देखिँदै गएकाले अब समग्र कम्युनिष्टको नेतृत्व एमालेले मात्र गर्ने जिकिर गरे।

उनले समग्र बृहत कम्युनिष्टलाई संगठित गर्न सक्ने भनेको एमाले मात्र भएको धारणा राखे। भने, “एमाले सक्कली कम्युनिष्ट हो, सक्कली कम्युनिष्टको पक्षमा देशभरि फेरि जनलहर आउने छ।”

अधिवेशन उद्घाटनमा एमाले झापाका इन्चार्जसमेत रहेका स्थायी कमिटी सदस्य अग्नि खरेल, एमाले प्रदेश कमिटीका इन्चार्ज देवराज घिमीरे, स्थायी कमिटी सदस्य तथा प्रदेश नं १ का सहइन्चार्ज हिक्मत कार्की, प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, प्रेस चौतारीका प्रदेश कमिटी इन्चार्ज लीलाराज भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved