एएफसी कप छनोटका लागि छानियो मच्छिन्द्र

नेपालभ्युज

एएफसी कप छनोटका लागि छानियो मच्छिन्द्र

काठमाडौं। मच्छिन्द्र क्लबले एएफसी कपको छनोट प्रतियोगिता खेल्ने भएको छ। आइतबार भएको शहिद स्मारक ‘ए’ डिभिजन लिगको खेलमा नेपाल पुलिस क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै मच्छिन्द्रले छनोटमा स्थान पक्का गरेको हो।

जारी लिगको सातौ चरणको खेलको समाप्त हुँदासम्म मच्छिन्द्र लिगको शीर्षस्थानमा छ। सातौं चरणको समाप्तीमा शीर्ष स्थानमा रहने टिमले एएफसी कप छनोट प्रतियोगिता खेल्न पाउने यसअघि नै पक्का थियोे।

छनोट सुुनिश्चित गर्न आजको खेलमा मच्छिन्द्रलाई जितको आवश्यकता थियो। दशरथ रंगशालामा अति प्रतिस्पर्धात्मक खेलमा मच्छिन्द्र क्लबको जित सुनिश्चित गर्न सुनिल बलले निर्णायक गोल गरे।

खेलको २१ औं मिनेटमा विशाल राईले करिब ३५ यार्ड टाढाबाट प्रहार गरेको फ्रि– किकमा उनले हेड गोल गरेका थिए।
दोस्रो हाफमा पुलिसले मच्छिन्द्रलाई निकै दबाबमा राखेपनि गोल फर्काउन सकेन।

यो जितपछि सात खेलबाट १७ अंक जोड्दै मच्छिन्द्र पुनः लिगको शीर्ष स्थानमा उक्लियो। सात खेलमा १६ अंक रहेका मनाङ भने दोस्रो स्थानमा झर्यो। आजको खेलमा मच्छिन्द्र पराजित वा बराबरीमा रोकिएको भए मनाङ एएफसी कपमा छनोट हुने थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved