अमेरिकाको कोलोराडोमा डढेलो : तीन जनाको ज्यान गएको आशङ्का

नेपालभ्युज

अमेरिकाको कोलोराडोमा डढेलो : तीन जनाको ज्यान गएको आशङ्का

काठमाडौं। अमेरिकी राज्य कोलोराडोमा डढेलोमा परि तीन जनाको ज्यान गएको आशङ्का गरिएको छ।

डढेलोमा परेर हराइरहेकाहरूको ज्यान गएको आशङ्का गरिएको हो। डढेलोका कारण घर जलेर नष्ट भएका छन् भने हजारौँ नागरिक विस्थापित भएका छन्।

दुई दिन अघि सुरु भएको डढेलो कोलोराडो राज्यका धेरै सहरहरूमा फैलिएको छ।
दर्जनौँ दमकल र हेलिकप्टरको प्रयोग गर्दा समेत डढेलो नियन्त्रणमा लिन नसक्दा सहरमा फैलिएको हो।

डढेलो प्रभावितलाई सुरक्षित ठाउँमा सारिएको छ । डढेलोका कारण हजारौँ हेक्टर जङ्गल नष्ट भएको छ। कोलोराडोको इतिहासमा सबैभन्दा विनाशकारी आगलागी भनिएको आगोमा १ हजार बढी घरहरू जलेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved