ए डिभिजन लिगमा मनाङ शीर्ष स्थानमा

नेपालभ्युज

ए डिभिजन लिगमा मनाङ शीर्ष स्थानमा

काठमाडौं। ब्रिगेड ब्वाइज क्लबलाई १ –० ले हराउदै मनाङ मस्र्याङ्दी क्लब लिगको शीर्ष स्थानमा उक्लेको छ । शनिबार पोखरास्थित घरेलु मैदानमा मनाङका लागि अञ्जन विष्टले ब्रिगेड ब्वाइजविरुद्ध निर्णाायक गोल गरे।

अञ्जनले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए। यससँगै मनाङको १६ अंक पुगेको छ। एक खेल कम खेलेको मच्छिन्द्रको १४ अंक छ । सातौं चरणको खेल अन्तर्गत मच्छिन्द्रले आइतबार पुलिससँग खेल्नेछ। एएफसी च्यालेन्ज कपका लागि छनोट हुन मच्छिद्रले कुनै हालतमा उक्त खेल जित्नुपर्नेछ।

मच्छिन्द्रको बराबरी वा हार भएमा मनाङले च्यालेन्ज कप खेल्नेछ। एन्फाले सातौं चरणको खेलसम्म एएफसी लाइसेन्सप्राप्त क्लबमध्ये शीर्ष स्थानमा हुने टिम एएफसी च्यालेन्ज कपको लागि छनोट हुने निर्णय गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved