माओवादी महाधिवेशन: बन्दसत्रमा उठेका जिज्ञासाको प्रचण्डले जवाफ दिँदै

माओवादी केन्द्रमा जारी महाधिवेशनमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बन्दसत्रमा उठेका जिज्ञासाको जवाफ दिँदैछन्।

नेपालभ्युज

माओवादी महाधिवेशन: बन्दसत्रमा उठेका जिज्ञासाको प्रचण्डले जवाफ दिँदै

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)मा जारी महाधिवेशनमा आज (शुक्रबार) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बन्दसत्रमा उठेका जिज्ञासाको जवाफ दिँदै छन्। काठमाडौंको कमलादीमा जारी महाधिवेशनमा अध्यक्ष प्रचण्डले जवाफ दिइसकेपछि निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने निर्वाचन समितिले बताएको छ।

यसअघि हिजो (बिहीबार) समूहगत छलफल सकेर टोलीनेताहरुले आफ्नो समूहको धारणा सुनाएका छन्। पार्टी अध्यक्ष प्रचण्ड तत्काल पदाधिकारी चयन नगरी केन्द्रीय समिति मात्रै घोषणा गर्ने मनस्थितिमा छन्।

माओवादी केन्द्रमा अध्यक्ष र उपाध्यक्ष चयनमा खासै विवाद नभए पनि महासचिवलाई लिएर चर्को विवाद छ। अध्यक्ष दाहाल, वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा हाल स्थायी समितिमा रहेका वरिष्ठ नेताहरूलाई समेटिने विषयमा खासै विवाद छैन।

महासचिवमा जनार्दन शर्मा, वर्षमान पुन र पम्फा भुसालले दाबी नछाडेपछि निर्वाचनको माहौल बढेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved