गाउँमा पनि भूकम्प प्रतिरोधी घर बनाउनुहोस्ः गृहमन्त्री खाँड

ग्रामिण भेगमा जनसंख्या वृद्धि भएसँगै तीव्र गतिमा भवन निर्माण हुन थालेको र यसले गर्दा भूकम्पबाट बच्ने सुरक्षा चुनौती पनि थपिएको खाँडको भनाइ छ।

नेपालभ्युज

गाउँमा पनि भूकम्प प्रतिरोधी घर बनाउनुहोस्ः गृहमन्त्री खाँड
फाइल फोटो

काठमाडौं। गृहमन्त्री बालकृष्ण खाँडले ग्रामिण भेगमा भवन निर्माण तीव्र हुन थालेको भन्दै भवन निर्माण गर्दा भूकम्प प्रतिरोधी मापदण्ड अनुरुप बनाउन आग्रह गरेका छन्।

बुधबार २४ औँ भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री खाँडले ग्रामिण भेगमा पनि भुकम्प प्रतिरोधी भवन निर्माण गर्नु आवश्यक रहेको बताएका हुन्।

शहरी क्षेत्रमा ठूला भवनहरु र विद्यालयका भवनहरु बनाउँदा सरकारले तोकेको मापदण्ड पालना भइरहेको उल्लेख गर्दै मन्त्री खाँडले ग्रामिण भेगमा पनि सरकारले तोकेको मापदण्ड पालना गरेर भवन निर्माण गर्न सम्बन्धित निकायलाई सचेत गराएका हुन्।

ग्रामिण भेगमा जनसंख्या वृद्धि भएसँगै तीव्र गतिमा भवन निर्माण हुन थालेको र यसले गर्दा भूकम्पबाट बच्ने सुरक्षा चुनौती पनि थपिएको खाँडको भनाइ छ।

“ठूला भवनहरु र विद्यालयको भवन निर्माण गर्ने क्रममा त सरकारको मापदण्डअनुसार नै अवलम्वन ग¥या देखिन्छ। त्यसकारणले गाउँपालिकालाई पनि नगरपालिकाले अवलम्वन गर्ने मापदण्ड अवलम्वन गरिरहनुभएको भए त्यो गाउँपालिकालाई धन्यवाद”, खाँडले भने, “गरिरहनुभएको छैन भने त्यो गाउँपालिकाहरुलाई पनि भवन निर्माणको मापदण्ड अवलम्वन गर्नु उचित हुन्छ जस्तो लाग्छ। त्यसका लागि सम्बन्धित निकायहरुले नेतृत्व गर्नुपर्ने र पहल गर्नुपर्ने देखिन्छ।”

गृहमन्त्री खाँडले यस वर्षको २४ औँ भूकम्प सुरक्षा दिवसलाई औपचारिक कार्यक्रम भन्दा पनि सन्देशमूलक कार्यक्रमको रुपमा मनाउन निर्देशन दिएका छन्।

भूकम्पसम्बन्धी सचेतना कार्यक्रम र प्रचार प्रचार सबै नागरिककहाँ पु¥याउनु पर्नेमा मन्त्री खाँडले जोड दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved