प्रचण्डको राजनीतिक प्रतिवेदनमा मंगलबारदेखि समूहगत छलफल हुने

नेपालभ्युज

प्रचण्डको राजनीतिक प्रतिवेदनमा मंगलबारदेखि समूहगत छलफल हुने

काठमाडौं। नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक दस्तावेज र नेता देव गुरुङले प्रस्तुत गरेको पार्टीको विधान मस्यौदामा मंगलबारदेखि छलफल शुरु हुने भएको छ।

दस्तावेजबारे छलफल गर्न २५ वटा समूह विभाजन गरिएको छ। सोमबार बन्दसत्रमा अध्यक्ष प्रचण्डले राजनीतिक तथा वैचारिक दस्तावेज प्रस्तुत गरेका हुन्। दस्तावेजमा नेपाली मौलिकता र विशेषतासहितको नेपाली पुँजीवादी क्रान्ति सम्पन्न भएको उल्लेख छ।

नेपाली मौलिकता र विशेषताको समाजवाद प्राप्तीका लागि अघि बढ्ने कुरा दस्तावेजमा समेटिएको माओवादी केन्द्रका नेता शक्ति बस्नेतले बताए।

“नेपाली मौलिकता र विशेषतासहित नेपाली पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भयो। संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली मौलिकता र विशेषतामा आधारित हो र आगामी हामीले जो समाजवादको कुरा गरिरहेका छौँ, समाजवाद पनि नेपाली मौलिकता र विशेषताको हुनेछ। समाजवाद प्राप्तिको बाटो र प्रक्रिया पनि हाम्रो आफ्नो हुनेछ भन्ने कुरा यसको मूल थिम रहेको छ,” बस्नेतले भने।

आइतबारदेखि शुरु माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन पाँच दिनसम्म चल्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved