हाइब्रिड इम्युनिटी के हो ? यसले कसरी ओमिक्रोनको जोखिम घटाउँछ ?

अहिले विश्वव्यापी रूपमै खोप अभियान प्राथमिकताका साथ अघि बढाइएकोमा यसबाट ठूलो जनसङ्ख्यामा हाइब्रिड प्रतिरोधात्मक क्षमता निर्माण हुने विश्वास गरिएको छ।

नेपालभ्युज

हाइब्रिड इम्युनिटी के हो ? यसले कसरी ओमिक्रोनको जोखिम घटाउँछ ?

एजेन्सी। कोरोनाभाइरस विकासको शुरुआती दिनदेखि सामान्यतया: कमै चर्चा हुने रोग प्रतिरोधात्मक क्षमताको बहश चुलिएको छ। हरेक मान्छे आफ्नो रोग प्रतिरोधात्मक क्षमता बलियो होस् भन्ने चाहन्छन् र यसका लागि विभिन्न उपाय अपनाउने गर्छन्। तर कमैलाई थाहा छ कि सामान्य रोग प्रतिरोधात्मक क्षमता बाहेक अर्को इम्युनिटी पनि हुन्छ, जसलाई मेडिकल भाषामा हाइब्रिड इम्युनिटी भनिन्छ। यो सबैभन्दा शक्तिशाली प्रतिरक्षा हो।

केही अध्ययनहरूले दाबी गरेका छन् कि यो प्रतिरोधात्मक क्षमता भएकाहरूलाई कोरोनाको ओमिक्रोन भेरियन्टको जोखिम कम हुन सक्छ। त्यसो हो भने के हो त हाइब्रिड इम्युनिटी ? आउनुहोस् चर्चा गरौं।

विज्ञहरूले बताएअनुसार मानिसमा तीन प्रकारको रोग प्रतिरोधात्मक क्षमता हुन्छ। एउटा सामान्य रोग प्रतिरोधात्मक क्षमता हो जुन प्राकृतिक रूपमा कोरोना संक्रमण पछि शरीरमा बन्ने गर्छ। दोस्रो खोपबाट बनेको प्रतिरोधात्मक क्षमता हो। र तेस्रो हो हाइब्रिड प्रतिरोधात्मक क्षमता। यसको मतलब हो, खोप लगाएको व्यक्तिलाई कोरोना संक्रमण भयो भने उसको शरीरमा हाइब्रिड इम्युनिटी निर्माण हुन्छ।

यो रोग प्रतिरोधात्मक क्षमता सबैभन्दा बलियो हुन्छ। यो खोपको प्रतिरोधात्मक क्षमता र रोगबाट मुक्ति पाएपछि प्राप्त प्राकृतिक प्रतिरोधात्मक क्षमताको संयोजनबाट बनाइएको हो।

कोरोना संक्रमित भइसकेपछि र खोप लगाएपछि शरीरमा रोग प्रतिरोधात्मक क्षमता निकै बलियो हुने विज्ञहरूको भनाइ छ। खोप लगाएको व्यक्तिमा संक्रमण भएमा हाइब्रिड इम्युनिटी विकास हुनसक्ने भएकाले यसले रोगको नयाँ संक्रमणले शरीरमा आक्रमण गरेमा यसले गम्भीर लक्षणहरू निम्त्याउने सम्भावना कम हुन्छ। यस्तो अवस्थामा बिरामीको संक्रमणपछि मृत्युको जोखिम न्यून रहन्छ। खोप लगाएकाले नै अहिले ओमिक्रोन भेरियन्ट बढी स‌क्रामक भएको बताइए पनि महामारीकै रूपमा नदेखिएको दाबी विज्ञहरूको छ।

तर हाइब्रिड इम्युनिटी विकास भएका व्यक्तिलाई संक्रमण हुँदैन, सुरक्षित हुन्छन् भन्ने भने होइन, जोखिम केही घट्ने मात्रै हो। किनभने विगतमा धेरै यस्ता घटना देखिएका छन् जहाँ खोप लगाएपछि संक्रमण भएका व्यक्ति पुन: संक्रमित भएका छन्। त्यसैले हाइब्रिड इम्युनिटीको भरोशामा नपरेर स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्नु अति आवश्यक छ।

अहिले विश्वव्यापी रूपमै खोप अभियान प्राथमिकताका साथ अघि बढाइएकोमा यसबाट ठूलो जनसङ्ख्यामा हाइब्रिड प्रतिरोधात्मक क्षमता निर्माण हुने विश्वास गरिएको छ। यस्तो अवस्थामा अपेक्षा गरिएको छ कि ओमिक्रोनले त्यति ठूलो असर नपर्ला! संक्रमित भइहाले पनि गम्भीर लक्षण देखिने र जोखिम हुने सम्भावना कम हुनसक्छ। यद्यपि, अर्को लहरको सम्भावित खतरालाई ध्यानमा राखी सावधान रहन जरुरी छ।

खोप लगाइसकेपछि संक्रमण भएर निको भएमा यस्तो प्रतिरोधात्मक क्षमता विकास हुने र त्यो तीन महीनासम्म प्रभावकारी रहने विज्ञहरू बताउँछन्। केही अवस्थामा भने यो ६ महीनादेखि एक वर्षसम्म पनि रहनसक्छ। खोप लगाएमा लामो समयसम्म शरीरमा प्रतिरोधात्मक क्षमता रहन सक्छ।

जसकारण कोरोना भए पनि नभए पनि खोप लगाउनु अति आवश्यक भएको चिकित्सकहरूले बताउने गरेका छन्। यसले शरीरमा संक्रमणविरुद्ध प्रतिरोधात्मक क्षमता निर्माण गर्ने र नयाँ भेरियन्टबाट संक्रमण भइहालेमा पनि गम्भीर लक्षण देखिएर जोखिम हुने सम्भावना घट्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved