कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक बस्दै

नेपालभ्युज

कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक बस्दै

काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक आज बस्दैछ। पार्टी कार्यालय सानेपामा बिहान १ बजेदेखि निर्वाचित पदाधिकारी एवं केन्द्रीय सदस्यको बैठक बोलाइएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

उनकाअनुसार ११ बजे सभापतिसहितका पदाधिकारी र केन्द्रीय कार्यसमिति सदस्यलाई निर्वाचन समितिले प्रमाणपत्र वितरण गर्ने र १ बजे बैठक बस्नेछ। बैठकमा सभापति देउवाले सम्बोधन गर्ने, निर्वाचन आयोगमा दल दर्ताका लागि निर्णय गर्नेलगायतको कार्यसूची रहेको छ।

बैठकपछि आजै आयोगमा राष्ट्रियसभा सदस्य निर्वाचन प्रायोजनका लागि दल दर्ताको निवेदन दिने तयारी गरिएको छ। आयोगले १० पुससम्म अन्तिम म्याद तोकी यस विषयमा सूचना प्रकाशन गरेको थियो।

कांग्रेसको १६७ सदस्यीय केन्द्रीय कार्यसमितिमध्ये महाधिवेशनबाट सभापति, २ उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्री तथा १३४ सदस्य निर्वाचित भएका छन्।

कोषाध्यक्ष निर्वाचित केन्द्रीय सदस्यमध्येबाट मनोनित गर्ने व्यवस्था विधानमा छ। त्यसैगरी थप ३३ जना केन्द्रीय सदस्य पनि कार्यसमितिले मनोनित गर्ने व्यवस्था कांग्रेसको विधानमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved