भारतमा ओमिक्रोन संक्रमितको संख्या ३ सय ५८ पुग्यो

नेपालभ्युज

भारतमा ओमिक्रोन संक्रमितको संख्या ३ सय ५८ पुग्यो

काठमाडौं। भारतमा ओमिक्रोन भाइरसबाट संक्रमित हुनेको संख्या निरन्तर बढ्दो छ। केन्द्रीय स्वास्थ मन्त्रालयका सचिव राजेश भुषणका अनुसार अहिलेसम्म ३ सय ५८ जना ओक्रिोनबाट संक्रमित भइसकेका छन्।

ओमिक्रोन संक्रमणबाट निको हुनेको संख्या १ सय १४ छ। १ सय ८३ जनामा अनुसन्धान गर्दा १ सय २१ जना विदेशको यात्राबाट आएको पाइएको मन्त्रालयले जनाएको छ।

बाँकी ४४ जना विदेश गएका थिएनन्, तर उनीहरु विदेश गएकाहरूसँग सम्पर्कमा थिए। १ सय ८३ मध्ये ८७ जनाले कोरोनाको दुबै डोज लिएका थिए। तीन जनाले पूर्ण डोजसँगै बुस्टर डोज पनि लगाएका थिए।

विश्वमा ओमिक्रोन संक्रमण १ सय ८ देशमा फैलिसकेको छ। कुल १ लाख ५१ हजारभन्दा धेरै मानिस यस भेरिएन्टबाट संक्रमति भइसकेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved