भारतमा बढ्दै ओमिक्रोन संक्रमण, संक्रमित संख्या ३ सय ६० पुग्यो

नेपालभ्युज

भारतमा बढ्दै ओमिक्रोन संक्रमण, संक्रमित संख्या ३ सय ६० पुग्यो

काठमाडौं। भारतमा कोभिड–१९ को भेरियन्ट ओमिक्रोनका कारण संक्रमित हुनेको संख्या ३ सय ६० पुगेको छ। भारतमा एक दिनमा (हिजो) भारतमा ८४ जनामा कोरोना संक्रमण भएको जनाइएको छ। भारतमा एकै दिन ओमिक्रोनबाट संक्रमित हुने यो अधिक संख्या हो। तर भारतमा अहिले पनि यसको संक्रमणबाट कसैको पनि मृत्यु नभएको जनाइएको छ।

मंगलबार पनि भारतमा ४४ जना ओमिक्रोन संक्रमित फेला परेका त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

महाराष्ट्रमा ८८ , दिल्लीमा ६७, त्यस्तै देशभर पछिल्लो २४ घण्टामा ६ हजार ६ सय ५० जना नयाँ संक्रमित थपिएका द टाइम्स अफ इन्डियाले लेखेको छ। त्यस्तै यही अवधिमा ३ सय ७४ जना कोभिड संक्रमितको मृत्यु भएको छ।

यसैबीच अघिल्लो वर्षझैं यसपटक पनि भारतको राजधानी नयाँ दिल्लीमा क्रिसमस र नयाँ वर्षका अवसरमा पार्टी र जमघट गर्न नपाइने भएको छ। कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनका कारण राज्य सरकारले कडाई गर्न लागेको हो।

कुनै पनि सार्वजनिक स्थलमा क्रिसमस र नयाँ वर्षको पार्टी गर्न नपाइने राज्य सरकारले जनाएको छ। दिल्ली आपद प्रबन्धन प्राधिकरणले सबै जिल्लाका डिएम र डिसीपीलाई निर्णय कार्यान्वयन गराउन आदेश दिएको छ।

यो पनि पढ्नुहोस्

दिल्लीमा क्रिसमस र नयाँ वर्षमा पार्टी गर्न रोक

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved