बार्सिलोनासँग सेभिल्ला बराबरीमा रोकियो

विशेषगरी अग्रपंक्तिमा फिनिसिङमा चुकेको बार्सिलोनाका लागि उस्मान डेम्बेले र जोडी अल्बाले गोल गर्ने मौका खेर फालेका थिए।

नेपालभ्युज

बार्सिलोनासँग सेभिल्ला बराबरीमा रोकियो

एजेन्सी। स्पेनिस लिगअन्तर्गत मंगलबार भएको खेलमा बार्सिलोना र सेभिल्ला १-१ गोलको बराबरीमा रोकिएका छन्।

दोस्रो हाफमा १० जनामा समेटिएको सेभिल्लाविरुद्ध थप गोल गर्न नसक्दा बार्सिलोनाले लिगको चौथो स्थानमा उक्लिने सुवर्ण मौका गुमायो।

सेभिल्लाको घरेलु मैदानमा भएको खेलमा ३२ औँ मिनेटमा पापु गोमेजले गोल गर्दै सेभिल्लालाई अग्रता दिलाएका थिए। यसपछि पहिलो हाफको अन्तिम समयमा रोनाल्ड अराउखोले गोल गर्दै बार्सिलोनालाई बराबरीमा ल्याए।

पहिलो हाफमा गोलको मौका पाए पनि बार्सिलोनाले त्यसको सदुपयोग गर्न सकेन। विशेषगरी अग्रपंक्तिमा फिनिसिङमा चुकेको बार्सिलोनाका लागि उस्मान डेम्बेले र जोडी अल्बाले गोल गर्ने मौका खेर फालेका थिए।

खेलको ६४ औँ मिनेटमा जुलियस कोन्देले रातो कार्ड खाएपछि सेभिल्ला १० जनामा समेटिएको थियो। तर एक खेलाडीको एडभान्टेज भए पनि बाँकी समयमा बार्सिलोनाले गोल थप्न नसक्दा खेल बराबरीमा रोकियो।

बराबरीपछि बार्सिलोना १८ खेलबाट २८ अंकसहित लिगको सातौं स्थानमा छ भने समान खेलबाट ३८ अंक रहेको सेभिल्ला दोस्रो स्थानमा छ।

लिग लिडर रियल मड्रिड १८ खेलबाट ४३ अंक छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved