सभामुख सापकोटाले एमालेका सांसदलाई भने : आफ्ना असहमति संसदमै राख्नुस्

नेपालभ्युज

सभामुख सापकोटाले एमालेका सांसदलाई भने : आफ्ना असहमति संसदमै राख्नुस्
फाइल तस्वीर

काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले अदालतमा विचाराधीन मुद्दाको न्याय निरुपणमा प्रतिकूल असर पर्ने गरी प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले संसद अवरुद्ध पार्ने काम गरिरहेको आरोप लगाएका छन्।

सभामुख सापकोटाले अदालतमा विचाराधीन मुद्दाका विषयमा संसदमा छलफल गर्न नपाउने संवैधानिक प्रबन्ध रहेको भन्दै सभामुख सापकोटाले एमालेलाई सचेत गराए।

मंगलबारको प्रतिनिधिसभा बैठकमा पनि एमालेका सांसदले नाराबाजीसहित अवरोध गरेपछि उनले आफ्ना असहमतिका विषय संसदमै राखेर अघि बढ्न पटकपटक आग्रह गरेका थिए।

राष्ट्रहितको कैयन् विषयमा आवश्यक निर्णय गरेर अघि बढाउनुपर्ने संसद अवरुद्ध पारेर एमालेले संसदीय विधि र प्रक्रिया विपरित काम गरिरहेको उनको भनाइ थियो। भने, “परिस्थति र परिवेश सधैं एकै रहँदैन। समसामयिक राजनीतिक परिस्थितिलाई राष्ट्रिय हितमा ध्यान राखी कार्य सम्पादन गर्नु र सरकारलाई गर्न लगाउनु संसदको प्रमुख कर्तव्य पनि हो। उल्लेखित विषयवस्तु मनन गर्दै सहज सभा सञ्चालनमा सहयोग गर्न सम्पूर्ण माननीय सदस्यहरुको ध्यानाकर्षण गर्दछु।”

सभामुख सापकोटाले नागरिकता, संघीय निजामती कर्मचारी ऐनलगायत महत्वपूर्ण विधेयक बढाउन पनि संसदलाई सुचारु गरेर बढनुको विकल्प नरहेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved