कांग्रेसमा खुला केन्द्रीय सदस्यको अन्तिम नतिजा, यी हुन् जित्नेहरू

कांग्रेसको खुला केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवा पक्षको वर्चस्व देखिएको छ। ३५ जना निर्वाचित हुने खुला केन्द्रीय सदस्यमा २५ जना देउवा पक्षबाट विजयी भएका छन्।

नेपालभ्युज

कांग्रेसमा खुला केन्द्रीय सदस्यको अन्तिम नतिजा, यी हुन् जित्नेहरू

काठमाडौं। नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवा पक्षको वर्चस्व देखिएको छ। ३५ जना निर्वाचित हुने खुला केन्द्रीय सदस्यमा २५ जना देउवा पक्षबाट विजयी भएका छन्।

सभापतिमा पराजित शेखर कोइराला पक्षबाट ९ जनाले जित हात पारेका छन्। शशांक कोइराला भने देउवा र शेखर दुवै पक्षमा थिए । शनिबारबाट थालिएको मतगणना आइतबार साँझ सकिएको छ।

खुला केन्द्रीय सदस्यको मतगणना सकिएसँगै खुला महिला र मधेसी महिला तर्फको मतगणना गर्ने तयारी छ । महिला खुला केन्द्रीय सदस्यमा ९ जना चयन हुने छन् । त्यसका लागि ३० जना चुनावी प्रतिस्पर्धामा छन्।

त्यस्तै मधेसी महिलामा चार जना चयन हुने छन् भने पाँच जनाको उम्मेदवारी परेको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved