देउवालाई सभापति हारे प्रधानमन्त्रीको कुर्सी जाने डर

देउवाले आफू पार्टी सभापतिमा पराजित भए प्रधानमन्त्रीको कुर्सी पनि गुम्न सक्ने भन्दै महाधिवेशन प्रतिनिधिहरुसँग भोट मागेका छन्। उनले आफूलाई जिताउन सबै मतदातालाई अपिल गरेका हुन्।

नेपालभ्युज

देउवालाई सभापति हारे प्रधानमन्त्रीको कुर्सी जाने डर

काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार प्रधानमन्त्री शेरबहादुर देउवाले पराजित भए प्रधानमन्त्रीको कुर्सी छाड्नु पनि पर्न सक्ने भन्दै भोट मागेका छन्।

देउवाले आफू पार्टी सभापतिमा पराजित भए प्रधानमन्त्रीको कुर्सी पनि गुम्न सक्ने भन्दै महाधिवेशन प्रतिनिधिहरुसँग भोट मागेका छन्। उनले आफूलाई जिताउन सबै मतदातालाई अपिल गरेका हुन्।

कांग्रेसको आदिवासी जनजाति विभागले लैनचौरस्थित एक बैंक्वेटमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले आफूलायृ जसरी पनि सभापतिमा जिताउन आग्रह गरेका हुन्। उनले आफू हारे सत्ता पनि गुम्ने खतरा भएको बताए।

पार्टीमा पराजित मान्छेले देश कसरी चलाउँछ भन्ने प्रश्न उठ्ने र प्रधानमन्त्रीको कुर्सीबाट आफू हट्नसमेत पर्न सक्ने भन्दै देउवाले आफ्ना लागि भोट मागे। उनले सरकार जोगाउन पनि आफूले जित्नैपर्ने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved