पुबुदु बने नेपाली क्रिकेट टिमका प्रमुख प्रशिक्षक

नेपाली टोलीको मुख्य प्रशिक्षक बन्नका लागि कुल ६० जनाले आवेदन दिएका क्यानले जनाएको छ। जसमध्ये १५ जनलाई पहिलो चरणमा छानेको क्यानको छनोट समितिले पाँच जनाको अन्तर्वार्ता लिएको थियो।

नेपालभ्युज

पुबुदु बने नेपाली क्रिकेट टिमका प्रमुख प्रशिक्षक

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा श्रीलंकन मुलका क्यानडेली पुबुदु दासानायक नियुक्त भएका छन्। पुबुदुले दोस्रोपटक नेपाली टिम सम्हाल्न लागेका हुन्।

नेपाल क्रिकेट संघ क्यानको आज (शनिबार) बिहान बसेको बोर्ड बैठकले पुबुदुको नियुक्तिलाई अनुमोदन गरेको हो। क्यानले उनको नियुक्ति प्रक्रिया यसअघि नै पूरा गरिसकेको थियो।

क्यानले छनोटको प्रक्रिया पूरा गरेर अन्तिम अन्तरवार्ता दिएका पाँच जनाको सूची पूर्ण विवरणसहित आईसीसीलाई पठाएको थियो। उक्त सूचीमा पुबुदुसँगै मोन्टी देसाई, अष्ट्रेलियाका पूर्वक्रिकेटर असान्था गुरुसिङ्घे र न्यूजिल्यान्डका पूर्व क्रिकेटर तथा प्रशिक्षक ग्रान्ट वार्डेन र श्रीलंकन पूर्व क्रिकेटर रुवान काल्पेज रहेका थिए।

नेपाली टोलीको मुख्य प्रशिक्षक बन्नका लागि कुल ६० जनाले आवेदन दिएका क्यानले जनाएको छ। जसमध्ये १५ जनलाई पहिलो चरणमा छानेको क्यानको छनोट समितिले पाँच जनाको अन्तर्वार्ता लिएको थियो।

ओमानमा भएको आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजपछि मुख्य प्रशिक्षक डेव ह्वाटमोरले राजीनामा दिएसँगै क्यानले गत १ कात्तिकमा मुख्य प्रशिक्षक मागेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved