हेलिकोप्टर दुर्घटनामा मृत्यु जितेका रावत फेरि दुर्घटनामा

रावत चढेको हेलिकोप्टर दुर्घटनामा परेको यो पहिलोपटक भने होइन। ३ फेब्रुअरी २०१५ मा पनि उनी चढेको हेलिकोप्टर दुर्घटनामा परेको थियो। यतिबेला रावत लेफ्टिनेन्ट जनरल थिए।

नेपालभ्युज

हेलिकोप्टर दुर्घटनामा मृत्यु जितेका रावत फेरि दुर्घटनामा

एजेन्सी । तमिलनाडुको कुन्‍‍नुरमा बुधबार भारतीय सेनाको हेलिकोप्टर दुर्घटनामा परेको छ। यसमा भारतका चिफ अफ डिफेन्स स्टाफ (सिडिएस) जनरल विपिन रावत आफ्नी पत्नीसहित सवार थिए। रिपोर्टअनुसार अहिलेसम्म यस घटनामा ११ जनाको मृत्यु भएको छ। रावतको अवस्थाबारे केही खुलाइएको छैन।

रावत चढेको हेलिकोप्टर दुर्घटनामा परेको यो पहिलोपटक भने होइन। ३ फेब्रुअरी २०१५ मा पनि उनी चढेको हेलिकोप्टर दुर्घटनामा परेको थियो। यतिबेला रावत लेफ्टिनेन्ट जनरल थिए।

उनले नागाल्यान्डको दिमापुरस्थित ३-कोर के हेडक्वाटरको प्रमुख पद सम्हालिरहेका थिए। दिमापुरबाट रावत आफ्नो रोजाईको हेलिकोप्टरमा सवार भएर निस्किएका थिए, तर केही उचाईमा पुग्नासाथ हेलिकोप्टरले नियन्त्रण गुमायो र दुर्घटनामा पर्यो‍‍।

त्यतिबेला इन्जिन फेल भएकाले हेलिकोप्टर दुर्घटना भएको बताइन्छ। यद्यपी, रावत बच्न सफल भए, उनलाई हल्का चोटमात्र लागेको थियो।

त्यतिबेला सेनाले आधिकारीक विज्ञप्ति निकाल्दै जमिनबाट केही माथिमात्रै पुगेको हेलिकोप्टर दुर्घटनामा परेको जनाएको थियो। तर दुर्घटनामा कसैको पनि मृत्यु भने भएको थिएन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved