बैतडी जिप दुर्घटना अपडेट : मृतक संख्या चार पुग्यो, ६ जना घाइते

बैतडी जिप दुर्घटना अपडेट : मृतक संख्या चार पुग्यो, ६ जना घाइते
सांकेतिक तस्वीर

धनगढी। बैतडीमा सोमबार साँझ जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ। जिल्लाको पाटन बजारबाट पाटन नगरपालिका ७ कैलपाल जाँदै गरेको से १ ज ८८८ नम्बरको जिप पाटन नगरपालिका १ सकार खोलामा दुर्घटनामा परेको हो।

दुर्घटनामा परेर पाटन नगरपालिका-७ कैलपाल माइत भएकी २० वर्षीया मनिषा विक र उनका श्रीमान् २४ वर्षीय प्रेम चुनारा, पाटन-१ सकारका १३ वर्षीय विनोद भट्टराई र सोही ठाउँकी ७२ वर्षीया रमा भट्टराईको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताए। चुनाराको ठेगाना भने खुल्न नसकेको उनले बताए।

उनीहरू चारै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्‍याउँदा चारै जनालाई चिकित्सकले मृत घोषणा गरेका हुन्।

दुर्घटनामा परेर अन्य ६ जना घाइते भएका छन्। उनीहरू सबैलाई उपचारका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्‍याइएको प्रहरी निरीक्षक शाहीले बताए। चालक भने फरार छन्। कच्ची बाटोमा जिप चिप्लिएर दुर्घटना भएको प्रहरीको अनुमान छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved