चीनले जारी गर्‍यो आफ्नै शैलीको प्रजातन्त्र सम्बन्धी श्वेतपत्र

श्वेतपत्रमा भनिएको छ, ‘प्रजातन्त्र सौन्दर्य प्रर्दशन गर्ने आभूषण होइन, यो जनताले उठाएको विषयलाई सम्बोधन गर्ने विधि हो।’

नेपालभ्युज

चीनले जारी गर्‍यो आफ्नै शैलीको प्रजातन्त्र सम्बन्धी श्वेतपत्र

एजेन्सी। चीनले आफ्ने शैलीको प्रजातन्त्र सम्बन्धी श्वेतपत्र जारी गरेको छ। राज्य परिषद्को सूचना विभागले शनिबार ‘चीनमा काम गर्ने प्रजातन्त्र’ सम्बन्धी एक श्वेतपत्र सार्वजनिक गरेको छ।

मानवताका लागि प्रजातन्त्र एक अनुकरणीय मूल्य मान्यता भएकाे र प्रजातन्त्रिक अभ्यासलाई चिनियाँ कम्युनिष्ट पार्टी र जनताले लामो समयदेखि उपयोग गर्दै आएको श्वेतपत्रमा दाबी गरिएको छ।

पछिल्लो सय वर्षमा चिनियाँ कम्युनिष्ट पार्टीले चिनियाँ जनतालाई प्रजातन्त्रको अनुभूति गराएको छ। चिनियाँ जनताको हातमा समाज र देशको भविष्य रहेको सार्वजनिक श्वेतपत्रमा उल्लेख गरिएको छ।

जनताले नै देशको भविष्यको निर्धारण गर्ने विषय प्रजातन्त्रको मूल तत्व भएको पत्रमा भनिएको छ।

चीनले सार्वजनिक गरेको प्रजातन्त्र सम्बन्धी श्वेतपत्रमा पश्चिमा शैलीको प्रजातन्त्रलाई अस्वीकार गर्दै आफ्नै मान्यताको प्रजातन्त्र लागू गर्ने उल्लेख गरिएको छ।

‘प्रजातान्त्रिक व्यवस्थामा जनतालाई सहभागी गराउने र नतिजा उन्मुख व्यवस्थामा जोड दिनु नै प्रजातन्त्रको हो’, जारी गरिएको श्वेतपत्रमा भनिएको छ।

समाजवादी प्रजातन्त्रिक मोडल भनिएको चिनियाँ प्रजातन्त्रले सबै आधारभूत आवश्यकतालाई सम्बोधन गर्ने चिनियाँ पक्षको दाबी छ। आफूहरुले अभ्यास गरेको प्रजातन्त्र नै कार्यान्वयन हुनसक्ने प्रकारको प्रजातन्त्र भएको श्वेतपत्रमा भनिएको छ।

प्रजातन्त्रलाई लगातार विकसित हुने घटना भएको पत्रमा भनिएको छ। प्रजातन्त्र प्रत्येक देशको इतिहास, संस्कृति र परम्परासँग जोडिएको हुन्छ, श्वेतपत्रमा भनिएको छ। यो क्रमिक रुपमा मानिसहरुको अनुभवसँग विकास हुन्छ।

प्रजातन्त्र सौन्दर्य प्रर्दशन गर्ने आभूषण होइन, यो जनताले उठाएको विषयलाई सम्बोधन गर्ने विधि हो। प्रजातन्त्र प्रत्येक देशका नागरिकको अधिकार हो, यो केही देशले आफ्नो हिसाबमा गरिएको व्याख्या जस्तो होइन, श्वेतपत्रमा उल्लेख छ।

कुनै पनि देशमा प्रजातन्त्रको अवस्था कस्तो छ, त्यो देशको जनताको अवस्थाबाट मूल्याङकन गरिनुपर्छ। केही मुठ्ठीभर मानिसको धारणाले मात्रै त्यो देशको प्रजातान्त्रिक अवस्थाको मूल्याङकन हुनु हुँदैन, श्वेतपत्रमार्फत चीनले आफ्नो अडान सार्वजनिक गरेको छ।

कुनै पनि देश प्रजातान्त्रिक छ वा छैन अन्तर्राष्ट्रिय समुदायले भन्ने कुरा हो। प्रजातन्त्रको न्यायाधीश आफै भएर कसैले अभिव्यक्त गर्ने कुरा होइन।

प्रजातन्त्रको कुनै निश्चित अवधारणा नभएको उल्लेख गर्दै श्वेतपत्रमा भनिएको छ प्रजातन्त्र धेरै कुराबाट प्रतिविम्वित हुन्छ। चीनले आफ्नै प्रकारको प्रजातन्त्रको अभ्यास गर्छ, पश्चिमा देशले विकास गरेको अवधारणा होइन, श्वेतपत्रमा भनिएको छ।


Comment

One thought on “चीनले जारी गर्‍यो आफ्नै शैलीको प्रजातन्त्र सम्बन्धी श्वेतपत्र

  1. चिनले जारिगरेको श्वेतपत्रमा भनिएको यी कुराहरुले आफ्नै माटो सुहाउदो प्रजातन्त्रको कुरा शान्दर्भिक लाग्यो, जुन कालान्तर सम्म टिक्न सक्छ l “मानवताको लागि प्रजातन्त्र , प्रजातन्त्र प्रत्येक देशका नागरिकको अधिकार हो,यो जनताले उठाएको विषयलाई सम्बोधन गर्ने विधि हो।प्रजातन्त्र प्रत्येक देशको इतिहास, संस्कृति र परम्परासँग जोडिएको हुन्छ” आफ्नै मान्यताको प्रजातन्त्र लागू गर्ने उल्लेख गरिएको छ। यसरि राम्ररी अभ्यास गरेर बनाइएको प्रजातन्त्रको परिभाषा उचित लग्यो l

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved