संसद् र सर्वोच्च अदालतको विषयमा निकास दिन सर्वदलीय बैठक राख्छुः सभामुख सापकोटा

सापकोटाले भने, “राष्ट्रिय राजनीतिको बारेमा सामान्य त थाहा हुने नै भयो। म जानकारीमा छु। तर फेरि कसरी पहल कदमी लिने, धारणा कसरी बनाएर अगाडि जाने भन्ने कुरामा यहाँ आएपछि नै मैले सोचेको छु।”

नेपालभ्युज

संसद् र सर्वोच्च अदालतको विषयमा निकास दिन सर्वदलीय बैठक राख्छुः सभामुख सापकोटा

काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले न्यायालयमा देखिएको समस्या समाधानका लागि नयाँ धारणा बनाएर अघि बढ्ने बताएका छन्।

अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १४३ औँ सम्मेलनमा सहभागी भएर बिहीबार स्वदेश फर्किएका सभामुख सापकोटाले न्यायालयमा देखिएको समस्या समाधानका लागि नयाँ धारणा बनाएर अघि बढ्ने बताएका हुन्।

सापकोटाले सम्मेलनमा राष्ट्रिय राजनीतिको विषयमा सामान्य जानकार रहेको बताउँदै अब संसद् र न्यायपालिकाको समस्या समाधान गर्नका लागि सर्वदलीय बैठक बोलाएर उपाय खोज्ने बताए।

सभामुख सापकोटाले सम्मेलनमा नेपालमा संविधान जारी भएपछि लोकतान्त्रिक कुरा, समानुपातिक समावेशी सिद्धान्तका कुरा, सबै आयामहरुलाई समेटेका कुरा, एकतिहाइ केन्द्रमा, ४१ प्रतिशतभन्दा बढी महिलाहरु प्रदेशसभामा रहेका कुराहरुको उल्लेख गर्दै र त्यसमा पनि लोकतान्त्रिक अभ्यासलाई जीवन्त र जनमुखी बनाउनु पर्छ भन्ने कुरामा जोड दिएको बताए।

आफू सम्मेलनमा जानुअघि नेपाल बारले ध्यानाकर्षण पत्र बुझाएको भन्दै सभामुख सापकोटाले आफूहरु सम्मेलनमै केन्द्रित रहेकाले न्यायालयको विषयमा छलफल हुन नसकेको पनि बताए।

“हामी त्यहाँ यसरी केन्द्रित भयौँ, देशको प्रतिनिधित्व गर्नुपर्ने भएकोले देशको बारेमा सकेसम्म धेरै कुराहरु स्थापित गर्न हामीले कोशिस गर्नुपर्ने भएकोले केन्द्रित रहियो”, सापकोटाले भने, “राष्ट्रिय राजनीतिको बारेमा सामान्य त थाहा हुने नै भयो। म जानकारीमा छु। तर फेरि कसरी पहल कदमी लिने, धारणा कसरी बनाएर अगाडि जाने भन्ने कुरामा यहाँ आएपछि नै मैले सोचेको छु।”

सापकोटाले संसद्को कुरामा पनि आफू भर्खर आएकाले अब छलफल गरेर अगाडि जाने बताए। उनले भने, “म भर्खर आउँदैछु आएपछि सर्वदलीय बैठक अरु बैठक केके हुन्छ, उपाय खोज्नको लागि अब म यसमा नै केन्द्रित हुनेछु।”

सभामुख सापकोटाले नेपाल र विश्वमा नै अहिलेको चुनौती भनेको सबैलाई समेटेर लैजानुपर्ने कुरा रहेको बताए। उनले आदीवासी, जनजाती, सिमान्तकृत जनसमुदायहरु लोकतन्त्रमा विभाजित हुनु भनेको न्यायप्रणालीमा कमजोर हुनु रहेको बताए।

सभामुख सापकोटाले सम्मेलनमा प्रविधि र सञ्चारको विकास राम्रो भएपनि कहिलेकाहीँ तथ्यहीन प्रचारका कारण राजनीतिक पार्टीहरुप्रति विश्वास कमजोर बन्दै गएको र पार्टीका आन्तरिक लोकतान्त्रिक अभ्यास गर्ने कुरामा कमजोरी रहेको लागयतका विषयमा छलफल भएको बताए।

अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १४३ औँ सम्मेलनमा सहभागी हुन सभामुख सापकोटा ८ मंसिरमा स्पेनको म्याड्रिड गएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved