जसपाले गठन गर्‍यो मधेश प्रदेश समिति

नेपालभ्युज

काडमाडाैं। जनता समाजवादी पार्टी (जसपा)  नेपालले मधेश प्रदेश समिति गठन गरेको छ। जसपाको प्रदेश परिषद बैठकले आज मधेश प्रदेश समिति गठन गरेको  विज्ञप्तीमार्फत जनाएको छ।

प्रतिनिधीसभा सांसद रामबाबु यादव  अध्यक्ष रहेको सो  प्रदेश समितिमा रामपृत पासवान उपाध्यक्ष, शम्भु झा उपाध्यक्ष, रामसेवक यादव उपाध्यक्ष, दिनेश कुमार यादव मुख्य सचिव, युसुफ अली सचिव, निरा साह सचिव, शैलेस कुमार साह सचिव र रेणु यादव कोषाध्यक्ष रहेका   छन।

केहि समय अघि जनकपुरमा पार्टी अध्यक्ष उपेन्द्र यादव सहित प्रदेश दुईका केन्द्रिय नेताहरुको उपस्थितिमा जसपाको मधेश समितिको बैठक बसेको थियो। प्रदेश कमिटी गठनमा विवाद उत्पन्न भए पछि प्रदेश परिषदलाई उक्त जिम्मा दिइएको छ। जनकपुरमा बसेको बैठकले एक व्यक्ति एक पदको अवधारणा पनि लागु गरेको थियो।

यस अघि निर्वाचन प्रक्रियाबाट मधेश प्रदेशका अध्यक्ष  रहेका विजय यादव कार्यकारणी समिति सदस्य समेत रहेकाले   पार्टी एकिकरण पछि समायोजन  गरेर नयाँ समिति बनाउनु परेको जसपाले बताएको छ।

नव गठित मधेश प्रदेश समितिका अध्यक्ष रामबाबु यादव बारा जिल्ला वाट गत निर्वाचनमा प्रतिनिधीसभा तर्फ प्रत्यक्ष निर्वाचित भएका थिए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved