राप्रपा एकता महाधिवेशन: नेतृत्वमा थापा भर्सेस लिङ्देन

थापाले एकीकरणपछिका कार्यभार सम्पन्न गर्नका लागि भन्दै नेतृत्वको दाबी गरेका छन् भने लिङ्देनले पार्टीलाई गति दिएर नयाँ उचाइ लिन नेतृत्व हस्तान्तरण भनेका छन्।

नेपालभ्युज

राप्रपा एकता महाधिवेशन: नेतृत्वमा थापा भर्सेस लिङ्देन

काठमाडौं। टुक्रा टुक्रामा विभाजित भएर फेरि एक बनेको राष्ट्रिय प्रजातन्त्र पार्टीको एकताको महाधिवेशन आजदेखि काठमाडौंमा शुरु हुँदैछ। एकीकरणपछि बहुअध्यक्ष रहेको राप्रपामा अब एक अध्यक्ष निर्वाचित हुनेछन्।

आज शुरु भएर १७ मंसिरसम्म चल्ने महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुने राप्रपाले जनाएको छ। राप्रपा नयाँ नेतृत्वको लागि अहिलेसम्म दुई व्यक्तिले आफ्नो दाबी पेश गरेका छन्।

पहिलो, वर्तमान अध्यक्ष कमल थापा। दोस्रो, राप्रपाका तर्फबाट संघीय चुनाव जितेका एकमात्र सांसद तथा पार्टी महामन्त्री राजेन्द्र लिङ्देन। थापाले एकीकरणपछिका कार्यभार सम्पन्न गर्नका लागि भन्दै नेतृत्वको दाबी गरेका छन् भने लिङ्देनले पार्टीलाई गति दिएर नयाँ उचाइ लिन नेतृत्व हस्तान्तरण भनेका छन्।

बुधबार भृकुटीमण्डपमा शुरु हुने महाधिवेशन १७ मंसिर शुक्रबार १४७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै समापन हुने राप्रपाले जनाएको छ। महाधिवेशनमा करीब ४ हजार ४०० प्रतिनिधि सहभागी हुने उसले जनाएको छ।

अध्यक्षमा दाबी गरेका लिङ्देनलाई वर्तमान अध्यक्ष प्रकाशचन्द्र लोहनीले समर्थन गरिसकेका छन्। लोहनीले मंगलबार पत्रकार सम्मेलन गरेरै आफ्नो समर्थन यसपटक नेतृत्व परिवर्तको पक्षमा रहेकाले लिङ्देनलाई रहेन बताइसकेका छन्

उता, तीन मध्येका एक अध्यक्ष पशुपति शम्शेर जबराले पनि यसपटकको एकता महाधिवेशनमा आफूले नेतृत्वको दाबी नगर्ने बताइसकेका छन्। तर, उनले आफ्नो समर्थन कसलाई रहन्छ भन्ने खुलाएका छैनन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved