मेस्सीले जिते सातौँ बलुन डी’ओर अवार्ड

सातौँपटक अवार्ड जितेका मेस्सी पीएसजीका लागि बलुन डी’ओर जित्ने पहिलो खेलाडी पनि बने। उनले रोबर्ट लेवान्डोस्की र जोर्गिन्होलाई पछि पार्दै अवार्ड जितेका हुन् ।

नेपालभ्युज

मेस्सीले जिते सातौँ बलुन डी’ओर अवार्ड

काठमाडौं। अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सीले सातौँपटक बलुन डी’ओर अवार्ड जितेका छन्।

फुटबलको व्यक्तिगततर्फको सबैभन्दा ठूलो अवार्ड मेस्सीले कीर्तिमानी सातौँपटक जितेका हुन्।

क्याटनाल क्लब बार्सिलोनाबाट यसै सिजन फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन, पीएसजी पुगेका मेस्सीले सन् २०२१ को उत्कृष्ट ख्लाडी बन्दै अवार्ड हात पारेका हुन्।

सातौँपटक अवार्ड जितेका मेस्सी पीएसजीका लागि बलुन डी’ओर जित्ने पहिलो खेलाडी पनि बने। उनले रोबर्ट लेवान्डोस्की र जोर्गिन्होलाई पछि पार्दै अवार्ड जितेका हुन् ।

सातौँपटक अवार्ड जितेका कीर्तिमान बनाएका मेस्सीलाई फ्रेन्च फुटबलले सोमबार राति विशेष समारोहमा अवार्ड प्रदान गरेको छ।

मेस्सीले यसअघि सन् २००९, २०१०, २०११, २०१२ मा लगातार चारपटक तथा सन् २०१५ र २०१९ मा समेत गरी ६ पटक उक्त अवार्ड जितिसकेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved