एमाले महाधिवेशनमा भारतीय नेताले भने, ‘मोदीले नेपाललाई हिन्दू राष्ट्र बनाउन खोज्दैछन्’

नेपालभ्युज

एमाले महाधिवेशनमा भारतीय नेताले भने, ‘मोदीले नेपाललाई हिन्दू राष्ट्र बनाउन खोज्दैछन्’
फाइल तस्वीर

काठमाडौं । भारतीय नरेन्द्र मोदी सरकारले नेपाललाई हिन्दू राष्ट्र र राजतन्त्र पुनर्स्थापना गराउन लागिपरेको भारतीय कम्युनिष्ट पार्टीका नेता जोगिन्दर शर्माले आरोप लगाएका छन्।

नेकपा (एमाले) को दशौं महाधिवेशनको बन्दसत्रमा नेता शर्माले नेपालमा हिन्दू राष्ट र राजतन्त्र फर्काउन भित्री रूपमा भाजपा सरकार लागिपरेको बताएका हुन्।

एमालेले उद्घाटन सत्रमा समय अभावका कारण विदेशी पाहुनालाई बन्द सत्रमा सम्बोधन गर्न दिएको हो। साथै उनले सन् २०२५ सम्ममा मोदी सरकारले भारतलाई पनि हिन्दू राष्ट्र बनाउने दाबी पनि गरे। शर्माले भने, “फाँसीवाद आरआरएस (भारतको राष्ट्रिय स्वयंसेवक समाज) धर्मनिरपेक्षा र प्रजातन्त्रका लागि खतराको रूपमा छ। सन् २०२५ सम्म भारतलाई पनि हिन्दू राष्ट्र बनाउने लक्ष्य लिएको छ।”

मोदी सरकारले भारतमा मात्र नभई दक्षिण एशियाबाट कम्युनिष्ट आन्दोलन समाप्त पार्ने कोसिस गरिरहेका उनले बताए। मोदीको तानाशाही सरकारले किसान आन्दोलनबारे बझ्नुपर्ने उनको तर्क थियो।


Comment

One thought on “एमाले महाधिवेशनमा भारतीय नेताले भने, ‘मोदीले नेपाललाई हिन्दू राष्ट्र बनाउन खोज्दैछन्’

  1. हिन्दोस्तानी हरामी जोगिंदर शर्मा लाई भित्र्याउने एमालेका हलिगाँडो र हल्लुँडहरू लाई बहिष्कार गरौं!! जहिले नि हिन्दोस्तानीहरू लाई नै हुल्दा रहेछन् भाटपुत्रहरू ले!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved