एमाले महाधिवेशनका लागि सिँगारिँदै चितवन, कालाेपत्रेदेखि रङरोगनसम्म

एमालेले महाधिवेशनको व्यवस्थापनसँगै प्रचारप्रसारलाई तीव्रता दिइरहँदा बाहिरी माहौल समेत आकर्षक बनाउने काम भइरहेको देखिन्छ।

नेपालभ्युज

एमाले महाधिवेशनका लागि सिँगारिँदै चितवन, कालाेपत्रेदेखि रङरोगनसम्म

चितवन। नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन नजिकिएसँगै महाधिवेशनस्थल सिँगारिन थालिएको छ। रङरोगन गर्नेदेखि सडक पीचलगायतका काम धमाधम भइरहेको छ। एमालेले महाधिवेशनको व्यवस्थापनसँगै प्रचारप्रसारलाई तीव्रता दिइरहँदा बाहिरी माहौल समेत आकर्षक बनाउने काम भइरहेको देखिन्छ।

महाधिवेशन स्थलबाट सौराहा जाने स्थानमा धमाधम पीच भइरहेको छ। पीच गर्न बाँकी रहेको ठाउँ टिकुलीमा कालोपत्रे भइरहेको छ। साथै बन्दसत्र हुने ठाउँमा रङरोगन तथा पेन्टिङ भइरहेको छ। बन्दसत्र स्थल सेभेनस्टार होटल प्रवेश गर्ने मुलद्धारमा ‘वर्ड आर्ट सेन्टर’का विद्यार्थीले आर्ट गरिरहेकाछन्। बन्द सत्रमा सहभागीहरूलाई आवास तथा खानपानको व्यवस्था गर्न सौराहामा सञ्चालित होटलका ३५ सय कोठा बुक गरेर सम्झौता भइसकेको छ।

यता महाधिवेशनको उद्घाटन सत्र हुने स्थान नारायणगढस्थित नारायणी नदी किनारमा बुधवारदेखि मञ्च निर्माणको काम जारी छ। महाधिवेशनको उद्घाटन सत्रमा देशभरबाट एमालेका कार्यकर्ता र शुभेच्छुक गरी पाँच लाखभन्दा बढी सहभागी गराउने एमालेको लक्ष्य छ। देशभरबाट प्राप्त पार्टी सदस्यहरूको विवरणअनुसार एमालेको सदस्य सङ्ख्या आठ लाख १० हजार पुगेको एमालेको दाबी छ।

हेर्नुहाेस् केही तस्वीहरू 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved