लागुऔषधसहित पर्सामा ३ जना पक्राउ

नेपालभ्युज

लागुऔषधसहित पर्सामा ३ जना पक्राउ
सांकेतिक तस्वीर

काठमाडौँ। लागु औषधसहित पर्सामा तीन जना पक्राउ परेका छन्। दुई जना आइतबार पक्राउ परेका हुन् भने एक जना शनिबार पक्राउ परेको थिए। पर्सा प्रहरीका अनुसार आइतबार पक्राउ पर्नेमा चितवनको रत्ननगरका २२ वर्षीय समीर नेपाली र सोही स्थानका २८ वर्षीय सुरेश बिक रहेका छन्।

उनीहरूलाई प्रहरी चौकी ईनर्वा र लागु औषध ब्युरो पर्साबाट खटिएको संयुक्त चेकिङ टोलीले भारतको रक्सौलबाट नेपालतर्फ आइरहेको बेला लागु औषधसहित पक्राउ गरेको हो। उनीहरूको साथबाट प्रहरीले नाईट्रोभेट ट्याब्लेट ४५० पिस, कोरेक्स सिरप १९ बोतल, डाईजीपाम २५ एम्पुल, नुफ्रिन २५ एम्पुल र फेनरागन २५ एम्पुल गरी जम्मा ७५ एम्पुल बरामद गरेको छ।

यस्तै शनिबार पर्साको धोविनी गाउँपालिकाका २६ वर्षीय दिवाकर कुमार साहलाई पर्साको छिपरमाई गाउँपालिका वडा नं ४ बन्जारी पुलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

भारतबाट नेपालतर्फ आउँदै गरेको ना४५ प ११६४ नम्बरको मोटरसाइकल र लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved