एमाले महाधिवेशनका लागि १९ सय प्रतिनिधि चयन

नेपालभ्युज

एमाले महाधिवेशनका लागि १९ सय प्रतिनिधि चयन

काठमाडौं। नेकपा (एमाले)को महाधिवेशन लागि १ हजार ९ सय ३ प्रतिनिधि चयन भएका छन्। केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले पदेन र मनोनीत गरी १९०३ प्रतिनिधिको विवरण कार्यालयमा आइपुगेको जानकारी दिए। अब ५ प्रतिशत प्रतिनिधि मनोनयन हुन बाँकी छ।

एमालेले कार्तिक २६ गते एकै साथ प्रतिनिधि चयन गरेको थियो। कार्तिक ३० गतेभित्र पार्टी कार्यालयमा विवरण  पुर्‍याइसक्न निर्देशन गरिए पनि हाल भने निर्वाचित प्रतिनिधिको विवरण कार्यालयमा आइपुगेको उनले बताए।
“पदेनहित र निर्वाचित सहित १९०३ को विवरण प्राप्त भइसक्यो। अब मनोनीत बाँकी छ। ५ प्रतिशत मनोनयन हुँदा १९९९ भन्दा केही थपघट हुन सक्छ,” उनले भने।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved