म्यानचेस्टर युनाइटेड ४-१ गोलले पराजित

नेपालभ्युज

म्यानचेस्टर युनाइटेड ४-१ गोलले पराजित

काठमाडौं।  इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड ४-१ गोलले पराजित भएको छ। शनिबार राति भिकारेड रोड वाट्फोर्डमा भएको खेलमा घरेलु टोली वाट्फोर्डसँग युनाइटेडले लज्जास्पद हार बेहोरेको हो।

खेलको २८ औँ मिनेटमा जोसुआ किङले वाट्फोर्डलाई अग्रता दिलाएका थिए। पहिलो हाफको अन्तिम एक मिनेट बाँकी समयमा फेमेनियाको पासमा इस्माइला सारले दोस्रो गोल गरे।

जवाफस्वरुप दोस्रो हाफको ५० औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोको पासमाडोनी भारन डि विकले गोल फर्काए पनि युनाइटेडले फितलो प्रदर्शन गरेको थियो। इन्ज्युरी समयको थप गरिएको समयमा वाट्फोर्डलाई शानदार जित दिलाउन जोओ पेड्रो र इमानुएल डेनिसले थप दुई गोलको योगदान दिए।

उक्त खेलमा युनाइटेडलाई वाट्फोर्डले निरन्तर दबाबमा राखेको थियो। युनाइटेडले ८ औँ र ११ औँ मिनेटमा गोल गर्ने मौका फालेकोमा दोस्रो हाफमा राम्रो प्रदर्शन गर्न सकेन।

जितसँगै वाट्फोर्ड १३ अंकसहित १६ औँ स्थानमा उक्लिएको छ भने म्यानचेस्टर युनाइटेड १७ अंक जोडेर सातौं स्थानमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved