विश्वकप छनोट

कतार विश्वकपमा छनोट भए अर्जेन्टिना र नेदरल्याण्ड

दक्षिण अमेरिकी छनोटमा चिली पराजित भएपछि अर्जेन्टिना कतार जाने पक्का भएको हो।

नेपालभ्युज

कतार विश्वकपमा छनोट भए अर्जेन्टिना र नेदरल्याण्ड

काठमाडौं। अर्जेन्टिना र नेदरल्याण्डले कतार विश्वकपमा स्थान बनाएका छन्। दक्षिण अमेरिकी छनोटमा चिली पराजित भएपछि अर्जेन्टिना कतार जाने पक्का भएको हो।

यसअघि, आजै बिहान भएको खेलमा अर्जेन्टिना ब्राजिलसँग बराबरीमा रोकिएको थियो। बराबरीपछि अर्जेन्टिना विश्वकपका लागि कतार जान एक खेल जित्नैपर्ने अथवा चिलीले इक्वेडरसँग हार्नुपर्ने अवस्थामा थियो।

१० खेलाडीमा सीमित भएको चिली इक्वेडरसँग २-० गोल अन्तरले पराजित भएपछि अर्जेन्टिना छनोट भएको हो। अन्य छनोट खेलमा बोलिभियाले उरुग्वेलाई ३-० ले, पेरुले भेनेजुएलालाई २-१ ले पराजित गरेका छन् भने कोलम्बिया र पाराग्वेले गोलरहित बराबरी खेलेका छन्।

यता, यूरोपेली छनोटमा नर्वेलाई २-० गोल अन्तरले पन्छाउँदै नेदरल्याण्डले विश्वकप खेल्ने पक्का गर्यो। समूह जीमा रहेको नेदरल्याण्डलाई जित दिलाउन स्टेभेन वर्गवाइन र मेम्फिस डिपाएले गोल गरे।

अन्य खेलमा फ्रान्सले फिनल्याण्डलाई २-० गोल अन्तरले, टर्कीले मन्टेनेग्रोलाई २-१, चेक रिपब्लिकले एस्टोनियालाई २-०, युक्रेनले बोस्निया र हर्जगोभिनालाई २-० गोल अन्तरले पराजित गरेका छन् भने बेल्जियम र वेल्सले १-१ गोलको बराबरी खेलेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved