गोरखा र नुवाकोटमा पुनर्निर्मित ५० हजार घर हस्तान्तरण

पुनर्निर्माण सम्पन्न भएको उक्त घरहरु सोमबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत हस्तानान्तरण गरिएको छ।

नेपालभ्युज

गोरखा र नुवाकोटमा पुनर्निर्मित ५० हजार घर हस्तान्तरण

काठमाडौं। भारत सरकारले २०७२ को महाभूकम्पबाट क्षति भएको गोरखा र नुवाकोटका ५० हजार घर पुनर्निर्माण गरेको छ। पुनर्निर्माण सम्पन्न भएको उक्त घरहरु सोमबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत हस्तानान्तरण गरिएको छ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपालका लागि भारतीय दूतावासकी उपप्रमुख नग्मया खम्पाले घरहरु सम्बन्धित परिवारलाई हस्तानान्तरण गरेकी छन्। भारतीय दूतावासले प्राधिकरण, यूएनडीपी र यूएनओपीएससँगको सहकार्यमा ती घरहरुको पुनर्निर्माण गरेको थियो।

गोरखा र नुवाकोट जिल्लाका चार नगरपालिका र १४ गाउँपालिकाका भूकम्प प्रभावितहरुलाई सामाजिक/प्राविधिक सहजीकरण तथा परामर्श सेवा उपलब्ध गराउने उदेश्यले २०१८ मार्चमा भारत सरकारले यूएनडीपी र यूएनओपीएसलाई यस परियोजनामा संलग्न गराएको थियो।

१० करोड नेपाली रुपैयाँको अनुदान र चौंथो लाइन अफ क्रेडिट अन्तर्गतको ५ करोड नेपाली रुपैयाँमा ती ५० हजार घरको पुनर्निर्माण भएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved