महाधिवेशन प्रतिनिधि छान्दै एमाले, केन्द्रीय कार्यालयमा भोटिङ

एमालेले दशौँ महाधिवेशनमा विद्युतीय भाेटिङ गर्दैछ। त्यसकाे तयारीका लागि प्रतिनिधि छनाेटमा पनि साेही प्रक्रिया अपनाइने एमालेले जनाएकाे छ। जसअनुसार आज केन्द्रीय कार्यालयमा विद्युतीय भोटिङ हुने जनाइएकाे छ।

नेपालभ्युज

महाधिवेशन प्रतिनिधि छान्दै एमाले, केन्द्रीय कार्यालयमा भोटिङ

काठमाडौं। दशौँ महाधिवेशको तयारीमा जुटेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज महाधिवेशन प्रतिनिधि छान्दैछ।

चितवनमा हुने दशौँ महाधिवेशनका लागि एमालेले आज देशभरबाट १ हजार ९९९ जना महाधिवेशन प्रतिनिधि छान्दैछ।

पार्टीले देशभरबाट महाधिवेशन प्रतिनिधि छान्नका लागि २७ कात्तिक अर्थात् आजको दिनलाई तोकेको थियो। तर, केही जिल्लामा यसअघि हिजै पनि प्रतिनिधि छनोट भएका छन्।

एमालेले दशौँ महाधिवेशनमा विद्युतीय भाेटिङ गर्दैछ। त्यसकाे तयारीका लागि प्रतिनिधि छनाेटमा पनि साेही प्रक्रिया अपनाइने एमालेले जनाएकाे छ। जसअनुसार आज केन्द्रीय कार्यालयमा विद्युतीय भोटिङ हुने जनाइएकाे छ।

अधिकांश जिल्लाहरुमा सहमतिकै आधारमा प्रतिनिधि छनोट भएका र हुने क्रममा रहेका एमालेले जनाएको छ। यसरी चयन भएकाहरुको विवरण ३० कात्तिक सम्ममा केन्द्रीय कार्यालयमा पठाइसक्नु पर्नेछ।

यसअघि, हिजो शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीले एक भिडिओ सन्देश जारी गर्दै उच्च समझदारी बनाएर महाधिवेशन प्रतिनिधि छान्न आग्रह गरेका छन्। उनले उच्च समझदारी पनि लोकतन्त्रको उष्कृट चिज भएको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved