प्रधानन्यायाधीश प्रकरण: सर्वोच्चमा खाली इजलासमै गरे कानून व्यवसायीले बहस

अफ्ताब आलमको मुद्दामा पेशी चढ्यो, बेञ्च बसेन

इजलासमा न्यायाधीश उपस्थित नभएको अवस्थामा पनि आज सम्बन्धित मुद्दामा कानून व्यवसायीहरुले भने बहस गरेका छन्। आज इजलास नम्बर ३, ४, ६ र ७ मा पेशी चढेका मुद्दामा न्यायाधीशबिना नै बहस भएको हो।

नेपालभ्युज

प्रधानन्यायाधीश प्रकरण: सर्वोच्चमा खाली इजलासमै गरे कानून व्यवसायीले बहस

काठमाडौं। सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै शुरु भएको आन्दोलनबीच आज नयाँ परिदृश्य देखिएको छ। कानून व्यवसायीहरुले शुक्रबार सर्वोच्चमा खाली इजलासमै बहस गरेका छन्।

सर्वोच्चमा शुक्रबारका लागि तोकिएको आठवटा इजलासमा २२३ मुद्दा पेशी चढेको थियो। तर, न्यायाधीशहरुको इजलास बहिस्कारका कारण कुनै पनि इजलास बस्न सकेन।

इजलासमा न्यायाधीश उपस्थित नभएको अवस्थामा पनि आज सम्बन्धित मुद्दामा कानून व्यवसायीहरुले भने बहस गरेका छन्। आज इजलास नम्बर ३, ४, ६ र ७ मा पेशी चढेका मुद्दामा न्यायाधीशबिना नै बहस भएको हो।

कानून व्वयसायीहरुले इजलास नचल्नुको व्यवहारिक कारण माग गर्दै खाली बेञ्चसहितको इजलासमै बहस गरेका हुन्। ३ नम्बरमा हरिकृष्ण कार्कीको एकल इजलाससहित अन्य ३ वटा संयुक्त इजलासमा वकिलहरुले बहस गरेका हुन्।

इजलास चन्लुपर्छ भन्दै हातमा सेतोपट्टी बाँधे अभियानका अगुवा अभिवक्ताहरु कृष्ण प्रसाईं, स्वागत नेपालहरुले न्यायाधीशबिनको इजलासमा बहस गरेका हुन्।

आज सर्वोच्चमा सबै प्रकारका मुद्दाहरुमा पेशी तोकिएको थियो। जसमध्ये १ नम्बर इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा अफ्ताब आलमको मुद्दाको पेशी पहिलो नम्बरमा थियो।

तर, इजलासको पहिलो नम्बरमा पेशी भए पनि बेञ्च नै नबसेपछि उक्त मुद्दामाथिको सुनुवाइ रोकिएको छ। पटक पटक पेशी तोकिँदै फेरि सर्दै आएको कांग्रेस नेता आलमको मुद्दामा आज पनि सुनुवाइ हुन सकेन।

प्रधानन्यायाधीशको राजीनमा माग्दै आन्दोलनमा उत्रिएको नेपाल बार एशोसिएशन र न्यायाधीशहरुको कारण अहिले सर्वोच्च ठप्पप्रायः छ। आज बिहान बारको विरोध प्रदर्शनका क्रममा अदालत परिसरमा झडप समेत भएको थियो।

प्रधानन्यायधीशलाई अदालत प्रवेशमा रोक लगाउने भन्दै धर्नामा उत्रिएको बारका वकिलहरु र बाह्य पक्षबीच अदालत परिसरमै झडप भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved