बारको आन्दोलनको असर

काठमाडौं उपत्यकाका अदालतमा २ घण्टा इजलास बन्द

नेपाल बार एशोसिएशनको आह्वानमा इजलास बन्द गरिएको हो।

नेपालभ्युज

काठमाडौं उपत्यकाका अदालतमा २ घण्टा इजलास बन्द

काठमाडौं। काठमाडौं उपत्यकाका अदालतहरुमा २ घण्टा इजलास बन्द गरिएको छ । नेपाल बार एशोसिएशनको आह्वानमा इजलास बन्द गरिएको हो।

बारका महासचिव लीलामणि पौडेलका अनुसार उपत्यकाका कानुन व्यवसायीहरु सर्वोच्चमा बारले दिएको धर्नामा सहभागी भएका छन् ।

बारलाई उपत्यकाका कानून व्यवसायीले साथ दिएका छन् । सोही अनुसार उपत्यकाका इजलास २ घण्टा बन्द भएका हुन्।

काठमाडौं उपत्यका बाहिर २८, २९ र ३० कात्तिकमा २/२ घन्टा इजलास अवरुद्ध गर्ने कार्यक्रम रहेको पौडेलले जनाए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved