त्रिभुवन विमानस्थलमा आन्तरिक यात्रुलाई गेटबाटै निःशुल्क बस सेवा

यात्रुले दुःख पाएको र ट्याक्सीसँग बार्गेनिङ गर्दा ठूलो रकम खर्च गर्नु परेको गुनासो आएपछि यात्रुका लागि बसको व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ। अबदेखि यात्रुले विमानस्थलको बाहिर ओर्लिएर सिधै सार्वजनिक यातायात वा आफ्नो रोजाइको यातायातमा यात्रा गर्न सक्नेछन्।

नेपालभ्युज

त्रिभुवन विमानस्थलमा आन्तरिक यात्रुलाई गेटबाटै निःशुल्क बस सेवा
फाइल तश्वीर

काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानका हवाई यात्रुका लागि निःशुल्क बस सेवा सञ्चालन गरेको छ।

विमानस्थलको गोल्डेन गेट (प्रवेशद्वार)बाट आन्तरिक टर्मिनल भवनको अगाडिसम्म अब निःशुल्क सवारी साधनको व्यवस्था गरिएको हो। हाललाई प्राधिकरणका दुईवटा माइक्रोबसले सेवा शुरु गरेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले उक्त बस सेवाको शुभारम्भ गर्दै आन्तरिक उडानका यात्रुको सहजताका लागि बस सेवा सञ्चालन गरिएको बताए।

मन्त्री आलेले थप दुई वटा बसको व्यवस्था गर्नसमेत प्राधिकरणलाई निर्देशन दिएका छन्। उनले गोल्डेन गेट र आन्तरिक टर्मिनल भवन अगाडि यात्रुको सुविधाका लागि संरचना बनाउनसमेत निर्देशन दिएका छन्।

यसअघि, आन्तरिक उडानबाट आएका यात्रुलाई ट्याक्सीले अत्यधिक मूल्य लिएको भन्दै गुनासो आएको थियो। प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले यात्रुको सहजताका लागि तीनवटा बस गोल्डेन गेटमा र सोही संख्यामा बस आन्तरिक टर्मिनलमा राखेर सञ्चालन गरिने बताए।

खासगरी आन्तरिक उडानमा यात्रुले लामो बाटो ब्यागेज बोकेर कष्टका साथ गाडीसम्म पुग्नुपर्ने र कतिपय यात्रुले बालबच्चाका साथ ठूलो झोला बोक्नुपर्ने बाध्यताको अन्त्यका लागि बस सेवा सञ्चालन गरिएको प्राधिकरणले जनाएको छ।

यात्रुले दुःख पाएको र ट्याक्सीसँग बार्गेनिङ गर्दा ठूलो रकम खर्च गर्नु परेको गुनासो आएपछि यात्रुका लागि बसको व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ। अबदेखि यात्रुले विमानस्थलको बाहिर ओर्लिएर सिधै सार्वजनिक यातायात वा आफ्नो रोजाइको यातायातमा यात्रा गर्न सक्नेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved