भीम रावलको आक्रोश – गोप्य पत्राचार राष्ट्रघात हो

नेपालभ्युज

भीम रावलको आक्रोश – गोप्य पत्राचार राष्ट्रघात हो
फाइल तस्वीर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको अभिव्यक्तिप्रति नेकपा एमाले नेता भीम रावलले कडा आक्रोश व्यक्त गरेका छन्।

जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको अन्तर्राष्ट्रिय सम्मेलन कोप २६ मा सहभागी भई प्रधानमन्त्री शेरबहादुर देउवा आज (बिहीबार) स्वदेश फर्किएका हुन्। विमानस्थलमा पत्रकारसँग कुरा गर्ने क्रममा देउवाले एमसीसी परियोजना पास गर्न पत्र पठाइसकेको बताएका थिए। एमसीसी पास गर्ने विषयमा प्रचण्ड र आफूले पत्र नै पठाएको भनी खुलासा गरेका थिए।

देउवाको उक्त भनाइलाई रावलले राष्ट्रघातको संघा दिएका हुन्। आज दिउँसो एक ट्विट गर्दै राववले प्रचण्डको पत्र के हैसियतले पठाइयो भनी प्रश्न गरेका छन्। साथै उनले एमसीसी राष्ट्रघाती प्रावधान भएकाले यसको सम्झौताबारे पठाइएको पत्र तुरुन्त सार्वजनिक गर्न माग गरेका छन्।

नेता रावलले शुरुदेखि नै अमेरिकी सहयोग एमसीसीको विरोधमा खुलेर अभव्यक्ति दिइरहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved