भारतपछि अमेरिकी सेनासँग सैन्य अभ्यास गर्दै नेपाली सेना

नेपालभ्युज

भारतपछि अमेरिकी सेनासँग सैन्य अभ्यास गर्दै नेपाली सेना

काठमाडौं । नेपाली सेना र अमेरिकी सेनाबीच हुने टीक नेल सैन्य अभ्यासको २२ औँ संस्करण सोमबारबाट नेपालमा शुरु हुँदैछ।

विपद् व्यवस्थापनमा केन्द्रित यो सैन्य अभ्यासमा सहभागी हुन २० अमेरिकी सेना हाल नेपालमा छन्। दुई देशका सेनाबीचको यो अभ्यास काठमाडौँ र पोखरामा आयोजना हुने नेपाली सेनाले जनाएको छ।

पानी र हिमाली क्षेत्रमा फसेका मानिसलाई कसरी उद्धार गर्ने भन्ने विषयमा अभ्यास केन्द्रित रहेन सेनाले जनाएको छ। झण्डै एक महीनासम्म सञ्चालन हुने अभ्यासमा अमेरिकी सेनाले नेपाली सेनालाई पानी र हिमाली क्षेत्रमा फसेका मानिसलाई कसरी उद्धार गर्ने भन्ने तालिम दिने बताइएको छ। अमेरिकी सेना पानी र हिमाली उद्धारको विषयमा निपूर्ण मानिन्छ।

अभ्यासमा सहभागी हुन २० अमेरिकी सेना नेपाल आएका छन् भने नेपालबाट ५० सैन्य जवान सहभागी हुने नेपाली सेनाले बताएको छ।

अमेरिकी सेनासँग हुने यो सैन्य अभ्यासको अन्य संस्करण पनि नेपालमा नै सञ्चालन भएको थियो।

यसअघि नेपाली सेनाले भारतीय सेनासँग भारत उत्तराखण्डको पिथौरागढमा सैन्य अभ्यास गरेको थियो। ४ देखि १७ असोजसम्म भारतीय सेनासँग सूर्यकिरण संयुक्त अभ्यास सञ्चालन भएको थियो। कोभिड महामारीका कारण रोकिएका सैन्य गतिविधिले पछिल्लो समय पूर्ववत् रुपमा सञ्चालन हुन थालेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved