न्यूजिल्याण्डसँग पनि भारतको लज्जास्पद हार

नेपालभ्युज

न्यूजिल्याण्डसँग पनि भारतको लज्जास्पद हार

काठमाडौं । जारी टी-ट्वान्टी विश्वकपमा भारतले लगातार दोस्रो खेलमा हार बेहोरेको छ।

दुबई इन्टरनेशनल स्टेडियममा भएको खेलमा भारत न्यूजिल्याण्डसँग ८ विकेटले पराजित भयो। टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै मात्र १ सय १० रन मात्र बनाउन सक्यो।

भारतका लागि रवीन्द्र जडेजाले सर्वाधिक २६ रन बनाए। उनले ओपनर केएल राहुल १८ तथा इसन किसन ४ रनमै आउट भए भने रोहित शर्माले १४ र विराट कोहलीले जम्मा ९ रन बनाउन सके। आज भारतका कोही पनि ब्याटसम्यानले ३० रन कटाउन सकेनन्।

न्यूजिल्याण्डका ट्रेन्ट बलले तीन विकेट लिन सफल भए। त्यस्तै इस सोधीले दुई विकेट लिए।

१ सय ११ रनको झिनो लक्ष्य पछ्याएको न्यूजिल्याण्डले ३३ बल बाँकी छँदै लक्ष्य पूरा गर्‍यो। यस क्रममा उसका लागि डेरी मिचेलले ४९ रन बनाए। अर्धशतकबाट १ रनले चुकेका उनले यस क्रममा ३५ बल सामना गरे। त्यस्तै मार्टिन गुप्टिल ३० तथा डेभन कोनवेले नटआउट २ रन जोडे।

जारी विश्वकपमा न्यूजिल्याण्डको यो पहिलो जित हो। भारत भने लगातारको हारपछि संकटमा परेको छ। पाकिस्तानसँग पनि फराकिलो अन्तरले हारेको भारत आजको लज्जास्पद हारपछि समूह चरणबाटै बाहिरिने खतरा बढेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved