आजदेखि बारले प्रधानन्यायाधीशविरुद्ध आन्दोलन गर्ने

नेपालभ्युज

आजदेखि बारले प्रधानन्यायाधीशविरुद्ध आन्दोलन गर्ने

काठमाडौं । नेपाल बार एशोसिएसनले आजदेखि विरोधका कार्यक्रम शुरु गर्ने जनाएको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई राजीनामाको पाँचदिने अल्टिमेटम दिएको बारले आजदेखि बुधबारसम्म कालोपट्टी बाँधेर दैनिक एक घण्टा सर्वोच्च अदालतमा धर्ना दिने भएको छ।

प्रधानन्यायाधीश जबराले राजीनामा नदिए सशक्त आन्दोलन गर्ने पनि बारले चेतावनी दिएको छ। इजलास बहिष्कार गर्ने, प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउनेदेखि सडक आन्दोलनसम्म उत्रिने तयारी रहेको बारले जनाएको छ।

१६ गते धर्ना दिने र प्रधानन्यायाधीशलाई आफ्नो इजलासबाट कुनै फैसला, निर्णय र आदेश नदिन बारले आग्रह गर्ने जनाएको छ।

न्यायाधीशहरूद्वारा आज पनि इजलास बहिष्कार

प्रधानन्यायाधीश जबराविरुद्ध उत्रिएका न्यायाधीशहरूले आज पनि इजलास बहिष्कार गर्ने बताएका छन्। बन्दीप्रत्यक्षीकरणको मुद्दा हेर्ने कि नहेर्ने भन्नेबारे आज न्यायाधीशहरूको निर्णायक बैठक हुने जनाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved