नेपाल आइपुगे अल्मुताइरी

नेपालभ्युज

नेपाल आइपुगे अल्मुताइरी

काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी शनिबार नेपाल आइपुगेका छन्। एन्फासँग तीन वर्षको सम्झौता गरेसँगै नेपाल आएका हुन्। बुधबार प्रशिक्षक अलमुताइरीले सामाजिक सञ्जालमार्फत अखिल नेपाल फुटबल संघ (एन्फा), एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार फुटबल संघलाई मेन्सन गर्दै सम्झौता नवीकरण गरेको बताएका थिए।

अब्दुल्लाहलाई एन्फा केन्द्रीय सदस्यद्वय मधुसूदन उपाध्याय र रुपेश अधिकारीले स्वागत गरे। अब्दुल्लाहको प्रशिक्षणमा नेपाल साफ फाइनलमा भारतसँग पराजित हुँदै उपबिजेतामा सीमित भएको थियो।

फाइनल अघि नै राजीनामा दिएका अब्दुल्लाह नेपाल नफर्की कतारमै रहेका थिए। त्यसयता उनी पहिलो पटक नेपाल आएका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved