फुल कोर्ट बहिष्कार गरेका न्यायाधीशहरू आज सहभागी

नेपालभ्युज

फुल कोर्ट बहिष्कार गरेका न्यायाधीशहरू आज सहभागी

काठमाडौं । प्रधानन्याधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर फुल कोर्ट बैठक बहिष्कार गरेका सर्वोच्च अदालतका न्यायाधीशहरू त्यहाँ सहभागी भएका छन्।

हिजो मात्रै उनीहरूले प्रधानन्यायाधीश राणालाई भेटेर राजीनामा दिन सुझाव दिएका थिए। तर राणाले राजीनामा नदिने बरु महाभियोगको अडान लिएका थिए। आज पेशी तोकिएको इजलासमा नबसी उनीहरू अनौपचारिक छलफलमा व्यस्त थिए। न्यायाधीशहरू छलफल सकेर फुल कोर्ट बैठकमा सहभागी भएका हुन्।

बसिरहेको फुल कोर्टको बैठकमा पूर्वन्यायाधीश शारदाप्रसाद पण्डित निधन भएकाले शोक प्रस्ताव पारित गर्ने जनाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved