बलियो टिम इरानविरुद्ध खेल्दै नेपाल

नेपाल प्रतियोगितामा जितसहित शुरुवात गर्ने लक्ष्य लिएर मैदान उत्रने प्रशिक्षक बालगोपाल महर्जनले बताए। नेपालले इरानमाथि अहिलेसम्म जित निकाल्न सकेको छैन।

नेपालभ्युज

बलियो टिम इरानविरुद्ध खेल्दै नेपाल

काठमाडौं। नेपालको यू-२३ टिमले आज बलियो टोली इरानको सामना गर्दैछ। एएफसी यू-२३ एसियन कप छनोटअन्तर्गत आज नेपालले इरानसँग प्रतिस्पर्धा गर्न लागेको हो।

खेल ताजकस्तानको रिपब्लिकन सेन्ट्रल रंगशालामा नेपाली समयअनुसार साँझ पौने पाँच बजे हुँदैछ। नेपाल प्रतियोगितामा जितसहित शुरुवात गर्ने लक्ष्य लिएर मैदान उत्रने प्रशिक्षक बालगोपाल महर्जनले बताए।

नेपालले इरानमाथि अहिलेसम्म जित निकाल्न सकेको छैन। खेल इतिहास हेर्दा नेपाललाई इरानसँग खेल्न निकै गाह्रो हुने बताउँदै श्रेष्ठले जितको लागि प्रयास गर्ने बताए।

एसियन कप छनोटमा नेपाल समूह बी मा रहेको छ। नेपाल रहेको समूहमा इरानसँगै ताजकस्तान र लेबनान रहेको छ। नेपालले २८ अक्टोबरमा ताजकस्तान र ३१ अक्टोबरमा लेबनानसँग खेल्नेछ।

समूहको शीर्ष स्थानमा रहने टोलीले उज्वेकिस्तानमा हुने एएफसी यू-२३ एसियन कप खेल्नेछ। आफ्नो समूहमा उत्कृष्ट रहेका दोस्रो स्थानका चार टोलीले पनि १ देखि १९ जुन २०२२ मा हुने प्रतियोगितामा स्थान बनाउनेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved